default_image

2 years ago

February 25, 2023

ओरियन्टल नयाँ च्याम्पियन

172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओरियन्टल एकेडेमीले १५ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा ओरियन्टलले न्यु स्टार पोललाई १–० गोलले पराजित गर्दै प्रतियोगिताको नयाँ च्याम्पियन बन्यो । राहुल तामाङले निर्णायक गोल गरे ।

उपाधिसंगै ओरियन्टले ३० हजार तथा न्यु स्टार पोलले २० हजार नगद पुरस्कार प्राप्त गरे । पेप्सीकोलास्थिा टाउन प्लानिङको मैदानमा तेश्रो स्थानका लागि भएको खेलमा गेटवे एकेडेमीले गोल्डेन बडलाई हरायो ।

गेटवेले १० हजार तथा गोल्डेन बडले ५ हजार नगद पुरस्कार पाए । ब्रम्हकुञ्ज अनुशासित टिम बन्यो । गेटवेका दर्शन केसी उदीयमान खेलाडी चुनिए ।

ओरियन्टलका निकेश बस्नेत उत्कृष्ट गोलरक्षक, न्यु स्टार पोलका योगेश विष्ट उत्कृष्ट डिफेन्डर, गोल्डेन बडका अनुप खत्री उत्कृष्ट मिडफिल्डर, ओरियन्टलका राहुल तामाङ उत्कृष्ट फरवार्ड तथा ओरियन्टलकै रकी डंगोल उत्कृष्ट प्रशिक्षक चुनिए ।

विजेतालाई अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ, फेकाका अध्यक्ष श्रीराम दाहाल, प्रतियोगिता संयोजक मुरारीप्रकाश सन्जेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नकआउट प्रतियोगितामा २४ टिमले प्रतिस्पर्धा गरेका थिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.