2 years ago
February 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गोठाटार तेक्वान्दो डोजाङले पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई शनिबार नगदसहित सम्मान गरेको छ ।
डोजाङकै आयोजनामा भएको प्रथम उपत्यकाव्यापी जुनियर तेक्वान्दो प्रतियोगिताको समापनका अवसरमा दुवै सम्मानित भएका हुन् ।
गत डिसेम्बर ८ देखि १० तारिखसम्म भएको रियाड– २०२२ वल्र्ड पारा तेक्वान्दो ग्राँ पि फाइनल (जि १०) मा सिर्जनाले के–४४ क्याटगोरीअन्तर्गत महिला ५२ केजीमा स्वर्ण जितेकी थिइन् ।
अन्तर्राष्ट्रिय लेभल टु पारा तेक्वान्दो प्रशिक्षक लामाले उक्त प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनीहरुलाई संघीय सांसद मोहनबहादुर बस्नेत र डोजाङ प्रमुख प्रेम भण्डारीले नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
January 5, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे महिना दोस्रो संस्करणको अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कप २०२५ आयोजना हुने भएको छ । दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा आगामी माघ १३ गते आइतबार (२६ जनवरी) मा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय पुरुष भलिबल कपसँगै ३५ वर्षमाथिको पुरुष भलिबल कप आयोजना हुने भएको हो । एक दिने प्रतियोगिता अष्ट्रेलियाको लिडकमस्थित […]
January 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनएनआइपिए स्पोर्टस अर्वाड को १९ औं संस्करण आज आयोजना हुँदैछ। नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजना तथा तारकेश्वर नगरपालिकाको स्थानीय व्यवस्थापनमा मनमैजु मन्दिर परिसरमा अवार्ड कार्यक्रम हुनेछ । एनएनआइपिएले सबै तयारी पूरा भएको जानकारी गराइसकेको छ। गत वर्ष चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले भाग लिएका २९ खेलका […]
December 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको तेस्रो दिन सोमवार पनि ७ वटा खेल भएका छन् । आज थानकोट वारियर्स, स्मार्ट ए केयर मिडिया, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र मिक्समान्डु विजयी भएका छन्। पहिलो खेलमा समुह डी अन्तर्गत थानकोट वारियर्सले सानो स्वर्ग नेपाललाई ३ विकेटले […]