2 years ago
February 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबल बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
डायमण्डले शनिबार भएको फाइनलमा एभरेस्ट मावि बुटवललाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
पुरानो नैकापस्थित न्यु डायमण्डको निर्माणधीन कोर्टमा डायमण्डले पहिलो र दोस्रो सेटमा २५–१९, २५–२० को जित निकालेको थियो ।
तेस्रो सेट २१–२५ ले गुमाएको डायमण्डले प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा २६–२४ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो । उपाधिसँगै च्याम्पियन डायमण्डले ५ लाख रुपैया, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
दोस्रो भएको एभरेस्टले २ लाख ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । शनिबारै धादिङले ब्राइट फ्युचर मावि सलकपुर मोरङलाई २५–१०, २५–१३ र २५–६ ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।
तेस्रो भएको धादिङ स्पोर्ट्स क्लबले १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । चौथो भएको ब्राइट फ्युचर मावि मोरङले ५० हजार रुपैया प्राप्त गरेको छ ।
च्याम्पियनसिप आयोजना गराउनुको मुख्य उद्देश्य क्लबको निर्माणधीन खेल मैदान निर्माण सहयोगार्थ तथा जुनियर स्तरबाटै खेलाडी उत्पादनको लागि रहेको क्लबले जनाएको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।