default_image

2 years ago

February 24, 2023

शुक्रलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि

173 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्र बहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन्।

पार ६९को हिमालयन गल्फ कोर्षमा शुक्रले सानदार कमब्याक गर्दै ५ अन्डर ६४ को उत्कृष्ट कार्ड तयार पारे। समग्रमा १ अन्डर २ सय ६ को स्कोरमा शुक्रले साबिक विजेता एमेच्योर खेलाडी सुबाश तामाङलाई २ स्ट्रोकले हराउँदै करियरको नवौं उपाधि जितेका हुन्। उपाधिसँगै उनले १ लाख ४० हजार प्राप्त गरे।

१३औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुबाशले अन्तिम दिन २ओभर ७१ खेल्दै समग्रमा १ओभर २ सय ८ सहित दोस्रो भए। एमेच्योरतर्फ भने सुबाशले उपाधि जिते। उनले अजित बिकेलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराए।

प्रोफेसनलतर्फ भुवन नगरकोटी र सञ्जय लामा ३ओभर २ सय १० स्कोर सहित संयुक्त रुपमा दोस्रो भए। आज भुवनले ३ओभर ७२ र सञ्जयले २ ओभर ७१ खेले। दुवैले ७८ हजार पाँच सय नगद प्राप्त गरे। इभन पार ६९ सहित समग्रमा ५ ओभर २ सय १२ को स्कोरमा जयराम श्रेष्ठ चौंथो भए। उनले ५५ हजार हात पारे।

भेट्रान गल्फर रामे मगरले अन्तिम १८ होलको खेल ५ ओभर ७४ मा सकाउँदै समग्रमा ६(ओभर २ सय १३ स्कोर सहित पाँचौ हुँदा ४७ हजार नगद पुरस्कार प्राप्त गरे। १ ओभर ७० खेल्दै समग्रमा ९ ओभर २ सय १६ सहित भुवन कुमार रोक्का छैटौं भए।

यो सिजनको सुर्य नेपाल म्याच प्लेका विजेता दिनेश प्रजापति भने समग्रमा सातौं भए। उनले आज १ओभर ७० खेले। छैटौ र सातौं भएका भुवन र दिनेशले क्रमशः ४० हजार ५ सय र ३७ हजार प्राप्त गरे।

१२ओभर २ सय १९ सहित दल बहादुर लामा र धन थापाले संयुक्त रुपमा आठौं स्थान बाँडे। दुवैले ३३ हजार हात पारे। यसैगरी १३ ओभर २ सय २० को स्कोर सहित रबि खड्का र निरज तामाङ संयुक्तरुपमा दशौं हुदै २८ हजार ५ सय प्राप्त गरे।

नेपाल नम्बर एक गल्फर शुक्रले अन्तिम‌ दिन सानदार प्रदर्शन गरे। अन्तिम १८ होलको खेल सुरू गर्दा शुक्र ४ ओभरको स्कोर सहित पाँचौ स्थानमा थिए। फ्रन्ट नाइन उनले १अन्डर ३३ मा सकाए। दोस्रो र पाँचौ होलमा बोगी खेपे तर तेस्रो, छैटौं र नवौं होलमा बर्डी प्रहार गरे।

ब्याक नाईनमा गरेको उम्दा प्रदर्शन नै उनको जितको कारण बन्यो। १२औं, १४औं, १५औं र १७ औं होलमा बर्डीको सफलता प्राप्त गर्दा उनले ब्याक नाइन ४अन्डर ३१ मा सकाए। उनको यो सिजनको दोस्रो उपाधि हो। यसअघि उनले घरेलु मैदानमा सुर्य नेपाल इस्टर्न ओपन जितेका थिए।

दोस्रो दिनका लिडर सुबाश उपाधि जोगाउने होडमा थिए। उनले फ्रन्ट नाइन १ओभर ३५ मा सकाए। तेस्रो होलको बर्डीका विरूद्ध दोस्रो र पाँचौं होलमा एक–एक सट खेर फाले।‌ यसपछि १०औं होलमा एक सट बचाउँदा १३औं र १७औं होलमा बोगी प्रहार गर्दै ब्याक नाइन १ ओभर ३६ मा सकाए। यसरी दुई स्ट्रोकले पछि पर्दा समग्रमा दोस्रो भए।

भुवनले पहिलो, तेस्रो र आठौं होलमा बोगी प्रहार गर्दा तेस्रो, चौथो र नवौं होलको बर्डीले फ्रन्ट नाइन इभन पार ३४ मा सकाए। ब्याक नाइनमा खराब प्रदर्शन गर्दै १२औं, १५औं र १६औं होलमा एक–एक सट खेर फाले। ब्याक नाइन ३(ओभर ३८ मा सकाए।

सञ्जयले सुरुवात नै खराब गरे। दोस्रो र छैटौं होलमा बोगी प्रहार गर्दा चार पारको नवौं होलमा डबल बोगीको सामना गरे। तेस्रो होलको बर्डीले फ्रन्ट नाइन ३ ओभर ३७ मा सकाए‌। यसपछि १२औं होलमा एक सट खेर फाले। तर चार पारको १७औं होलमा इगलको सफलतामा १(अन्डर ३४ मा ब्याक नाइन सकाए।

५४ होलको प्रतियोगितामा ३१ व्यवसायीक र १४ एमेच्योर गरी कुल ४५ खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रा। लि।को प्रायोजनमा भएको प्रतियोगितामा कुल आठ लाख नगद पुरस्कार रहेको थियो।

विजयी खेलाडीहरुलाई प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालका अध्यक्ष रबिन्द्र मान श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र सूर्य नेपाल प्रालिका रिजनल सेल्स म्यानेजर प्रकाश केसीले पुरस्कार वितरण गरे।

शनिबार हुने प्रोएमसँगै प्रतियोगिता सकिनेछ। एकदिने प्रतियोगितामा १५ व्यवसायिक र ६० एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

Success

Thank you for your time.