2 years ago
February 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ग्रान्डीले तेश्रो थ्री बाइ थ्री यु–१९ खुला बास्केटबल प्रतियोगितामा शुक्रबार दोहोरो उपाधि जितेको छ ।
ग्रान्डी ब्वाइज-गल्र्स दुवैमा च्याम्पियन बन्यो । ब्वाइज÷गल्र्सको ‘मोस्ट भेलुएबल प्लेयर’ को उपाधि पनि ग्रान्डीकै खेलाडीले जिते । फेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ग्रान्डीले मेरिलियोन जिम्न्याजिमलाई १८–१२ ले पराजित ग¥यो ।
चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा ग्रान्डीले बलर्सलाई १५–११ ले हरायो । ब्वाइजमा उर्गेन लामा तथा गल्र्समा युनिका लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई आयोजकका निर्देशक राजु सिंह, प्रायोजक युनिश अमात्यलगायतले नगद, ट्रफी, पदक र प्रमाण पत्र प्रदान गरे । एकदिने प्रतियोगिताको ब्वाइजमा १४ तथा गल्र्समा ५ टिमले भाग लिएको प्रतियोगिता संयोजक सुवास दर्शनले जनाएका छन् ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]