2 years ago
February 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले कागेश्वरी मनोहरा नगरपालिकाको विभिन्न स्थानमा रहेका जग्गाको शुक्रबार अवलोकन गरेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले सदस्य–सचिव घिसिङलाई सोम तीर्थ, गोठाटारको इचोटस्थित पशुपति विकास कोष, मूलपानी चौर, थली चौर, डाँछी र अधिकारी गाँउमा रहेका जग्गाको अवलोकन गराएका हुन् ।
अवलोकनका क्रममा सदस्य–सचिव घिसिङ र मेयर कार्कीबीच निर्माण गर्न सकिने सम्भावित खेलका पूर्वाधार, जग्गा प्राप्तीको विषय, आपसी सहयोगको विषयलगायतका बारेमा छलफल भएको थियो ।
दुवैले खेलकुदको विकासका निम्ति आपसी समझदारीमा सहयोग र सहकार्य गरेर अगाडि बढ्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]