2 years ago
February 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट मावि बुटवल काठमाडौंमा जारी बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् ।
अयोजक डायमण्डले धादिङ स्पोर्ट्स क्लबलाई तथा एभरेस्टले ब्राइट फ्युचर मावि सलकपुर मोरङलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेका हुन् ।
पुरानो नैकापस्थित न्यु डायमण्डको निर्माणधीन कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा एभरेस्टले ब्राइट फ्युचर माविलाई २५–१४, २५–१४ र २५–१२ को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । एभरेस्टले कुनैपनि समय ब्राइट फ्युचरलाई खुलेर खेल्न दिएन ।
दोस्रो सेमिफाइनलमा आयोजक डायमण्डले आफ्नै कोर्टमा धादिङ स्पोर्ट्स क्लबमाथि ३–० को जित निकाल्दै फाइनलमा एभरेस्टसँगको भेट पक्का ग¥यो । पहिलो सेटमा २५–११ को सहज जित हात पारेको डायमण्डले दोस्रो सेटमा २५–२० को तथा तेस्रो सेटमा २५–२३ को प्रतिस्पर्धात्मक जित निकाल्यो ।
धादिङले डायमण्डलाई दोस्रो र तेस्रो सेटमा बलियो चुनौती पेश गरेपनि जित भने हात पार्न सकेन । फाइनल शनिबार हुनेछ । शनिबारै तेस्रो र चौथो स्थानको लागि ब्राइट फ्युचर र धादिङबीच प्रतिस्पर्धा हुनेछ ।
च्याम्पियनसिपको विजेताले ५ लाख रुपैया, ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ । दोस्रो हुनेले २ लाख ५० हजार, तेस्रो हुनेले १ लाख र चौथोले ५० हजार रुपैया प्राीत गर्नेछ ।
विधागततर्फ सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र ट्रफी र उदियमान खेलाडीले १५ हजार रुपैया र ट्रफी पाउनेछ । उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैया र ट्रफी प्राप्त गर्नेछ ।
फागुन ९ गतेबाट शुरु भएको च्याम्पियनसिपमा ७ टोलीले सहभागिता जनाएको छ । च्याम्पियनसिप आयोजना गराउनुको मुख्य उद्देश्य क्लबको निर्माणधीन खेल मैदान निर्माण सहयोगार्थ तथा जुनियर स्तरबाटै खेलाडी उत्पादनको लागि रहेको क्लबले जनाएको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।