2 years ago
February 23, 2023
सिन्धुपाल्चोक (हाम्रो खेलकुद) – फ्रिडम कायक एण्ड र्याफ्टिङ स्कुल र ह्वाइट वाटर सातौं र्याफ्टिङ च्याम्पियनसिप तथा ११औं कायाक स्ललोम च्याम्पियनसिपमा च्याम्पियन बनेका छन् । फ्रिडम महिलातर्फ तथा ह्वाइट वाटर पुरुषतर्फ च्याम्पियन बनेको हो ।
सिन्धुपाल्चोकको सुकुटेविचस्थित सुनकोशी नदीमा तीन दिनसम्म चलेको प्रतियोगितामा स्ललोम विधाको पुरुषतर्फ ह्वाइट वाटर नेपाल पहिलो हुँदा पेडल नेपाल ‘बी’ दोस्रो तथा पेडल नेपाल पोखरा ‘ए’ तेस्रो भएको छ ।
मेन्स हेड टु हेडमा ह्वाइट वाटर नेपाल पहिलो, नेपाल कायाक क्लब काठमाडौं दोस्रो तथा पेडल नेपाल पोखरा ए तेस्रो भएको छ । डाउन रिभर रेस पुरुषमा ह्वाइट वाटर नै पहिलो हुन सफल भएको छ । नेपाल कायक क्लब दोस्रो तथा त्रिभुवन आर्मी क्लब ‘ए’ तेस्रो भएको छ । स्प्रिन्ट पुरुषतर्फ ह्वाइट वाटर टिम नै पहिलो भएको छ ।
कायक स्ललोम महिलतर्फ सुधा राई पहिलो र सुष्मा कठेत दोस्रो भएको छ । यस विधामा दुई खेलाडीको मात्रै सहभागिता रहेको थियो । ओभर एल रेस महिलामा फ्रिडम कायक एन्ड र्याफ्टिङ स्कुल बी पहिलो भोटेकोसी एड्भेन्चर क्लब दोस्रो तथा फ्रिडम कायक एन्ड र्याफ्टिङ स्कुल ए तेस्रो भएको छ । समग्रमा ह्वाइट वाटर नेपाल राष्ट्रिय च्याम्पियन बन्न सफल भएको छ ।
हरेक इभेन्टसमा पहिलो दोस्रो र तेस्रो स्थान हात पार्ने खेलाडीले क्रमश १५ हजार, १० हजार र ५ हजार रुपैैयाँ प्राप्त गरेको छ । विजयी टोली तथा खेलाडीलाई नेपाल र्याफ्टिङ तथा क्यानोइङ संघका कार्यवाहक अध्यक्ष राजिव श्रेष्ठले पुरस्कृत गरे ।
एसियाली ¥याफ्टिङ तथा क्यानोइङ महासंघका अध्यक्ष शौतक सिकन्डले प्रतियोगितामा शीर्ष स्थानमा रहने महिला र पुरुषका दुई टोलीलाई आगामी सेप्टेम्वरमा भारतको मनिलामा हुने एसियन च्याम्पियनसिपमा छनोट हुने बताएका छन् ।
नेपाल र्याफ्टिङ तथा क्यानोइङ संघ र बाग्मती प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा फागुन ९ गतेबाट शुरु भएको प्रतियोगिताको र्याफ्टिङतर्फ १५ टोली र कायाकमा ४६ महिला तथा पुरुष खेलाडीहरुले सहभागिता जनाएको आयोजकले जनाएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]