2 years ago
February 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – न्यु स्टार पोल र ओरिएन्टल १५ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
न्यु स्टारले गोल्डेन बडलाई १–० गोलले पराजित ग¥यो । ‘म्यान अफ द म्याच’ ऋतिक रायमाझीले निर्णायक गोल गरे । ओरिएन्टलले गेटवे एकेडेमीलाई टाइब्रेकरमा ५–३ गोलले हरायो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।
ओरिएन्टलका राहुल तामाङ ‘म्यान अफ द म्याच’ चुनिए । शुक्रबार तेश्रो स्थानका लागि खेल हुनेछ भने फाइनल शनिबार हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]