default_image

2 years ago

February 23, 2023

एभरेस्ट, धादिङ र ब्राइट फ्युचर सेमिफाइनलमा

229 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेस्ट मावि बुटवल, धादिङ स्पोर्ट्स क्लब धादिङ र ब्राइट फ्युचर मावि सलकपुर मोरङ काठमाडौंमा जारी बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

एभरेस्ट समूह ‘क’ को विजेता तथा धादिङ उपविजेता बनेर अन्तिम चारमा पुग्दा ब्राइट फ्युचर समूह ‘ख’ को उपविजेताको रुपमा अघि बढेको हो । समूह ‘ख’ बाट यसअघि नै आयोजक न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ ।

पुरानो नैकापस्थित न्यु डायमण्डको निर्माणधीन कोर्टमा बिहीबार भएको खेलमा एभरेस्टले दोहोरो सफलता हात पार्दै समूह ‘क’ को विजेता बनेको हो ।

पहिलो खेलमा दुप्चेश्वर गाँउपालिका नुवाकोटलाई २५–४, २५–४ र २५–१० ले पराजित गरेको एभरेस्टले आफ्नो समूहको अन्तिम खेलमा नमोबुद्ध नगरपालिका काभ्रेलाई २५–१३, २५–८ र २५–८ ले पराजित गर्यो । यस जितसँगै एभरेस्टले तीन खेलबाट ९ अंक बटुल्यो ।

अर्काे खेलमा धादिङ स्पोर्ट्स क्लब धादिङले नमोबुद्ध नगरपालिका काभ्रेलाई २५–१५, २५–१६ र २५–१८ ले पराजित गर्दै समूह उपविजेता बन्यो । धादिङले तीन खेलबाट ६ अंक बटुल्यो । बिहीबार दुई खेलमा हार बेहोरेको नमोबुद्धले ३ खेलबाट ३ अंक बटुलेर तथा दुप्चेश्वर जित र अंकविहीन हुँदै बाहिरियो ।

अर्काे खेलमा ब्राइट फ्युचरले परोपकार आदर्श माविलाई २५–१४, २५–१४ र २५–२२ ले पराजि गर्दै समूह ‘ख’ को उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । ब्राइट फ्युचरले दुई खेलबाट ३ अंक जोड्यो । परोपकार अंक र जितविहीन हुँदै बाहिरियो ।

यससँगै च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा भएको छ । अब सेमिफाइनलमा शुक्रबार समूह ‘क’ को विजेता एभरेस्ट र ‘ख’ को उपपिवजेता ब्राइट फ्युचरबीच तथा अर्काे सेमिफाइनलमा समूह ‘ख’ को विजेता डायमण्ड र ‘क’ को उपविजेता धादिङबीच प्रतिस्पर्धा हुनेछ । फाइनल तथा तेस्रो र चौथो स्थानको लागि शनिबार प्रतिस्पर्धा हुनेछ ।

फागुन ९ बाट शुरु भएको च्याम्पियनसिपमा ७ टोलीले सहभागिता जनाएको छ । च्याम्पियनसिप आयोजना गराउनुको मुख्य उद्देश्य क्लबको निर्माणधीन खेल मैदान निर्माण सहयोगार्थ तथा जुनियर स्तरबाटै खेलाडी उत्पादनको लागि रहेको क्लबले जनाएको छ ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैया, ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ । दोस्रो हुनेले २ लाख ५० हजार, तेस्रो हुनेले १ लाख र चौथोले ५० हजार रुपैया प्राीत गर्नेछ । विधागततर्फ सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र ट्रफी र उदियमान खेलाडीले १५ हजार रुपैया र ट्रफी पाउनेछ । उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैया र ट्रफी प्राप्त गर्नेछ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.