2 years ago
February 22, 2023
लमजुङ (हाम्रो खेलकुद) – सप्तकन्या युवा क्लव बगुवाले लमजुङको ग्रामीण पर्यटकीय गाउँ राइनासकोटमा सञ्चालन गरिएको आठौँ पर्यटन खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।
सप्तकन्याले शान्ति स्तुपा युवा क्लव सुन्दरबजार पैह्रेलाई ४–२ ले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै सप्तकन्याले १ लाख १ हजार १ सय १ रुपैयाँ, कप मेडल र प्रमाण पत्र पाएको छ । उपविजेता शान्ति स्तुपाले ५५ हजार ५ सय ५५ रुपैयाँ मेडल र प्रमाण पत्र हात पारेको छ ।
सप्तकन्याका लिलजंग तामाङ उत्कृष्ट खेलाडी र शान्ति स्तुपाका साइरस गुरुङ उत्कृष्ट गोलरक्षक घोषित भए । उनीहरुले दुवैले समान २ हजार ५ सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विजयी टोली तथा खेलाडीलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङ (कालु) र आयोजक शिवशंकर युवा क्लवका अध्यक्ष सविन गुरुङलगायतले पुरस्कृत गरे ।
स्थानीय शिवशंकर युवा क्लवले महाशिवरात्री पर्वको अवसरमा राइनासकोट खेल मैदानमा सञ्चालन गरिएको प्रतियोगिता ३ फागुनबाट शुरु भएको थियो । सेभेन ए साइडको उक्त फुटबल प्रतियोगितामा २६ टिमलेसहभागिता जनाएको क्लबका अध्यक्ष सविन गुरुङले जानकारी दिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]