2 years ago
February 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक पिस प्वाइन्ट बोर्डिङ स्कुलले ३६१ डिग्री पाँचौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार शानदार सुरुआत गरेको छ ।
सानोगौचरणमा भएको उद्घाटन खेलमा पिस प्वाइन्टले एलिक्जिरलाई १०–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । पिस प्वाइन्टका ‘म्यान अफ द म्याच’ राहुल लामाले ३, अभय घिमिरे, विशेष थिङ र नितेश चौधरीले समान २–२ तथा दावा शेर्पाले १ गोल गरे ।
अर्को खेलमा प्रस्फुटनले एडभान्सलई ५–० गोलले हरायो । विजेताका ‘म्यान अफ द म्याच’ कुशल गिरीले ३ तथा निश्चल केसीले २ गोल गरे । जितसंगै दुवै टोली क्वाटरफाइनलमा पुगे ।
प्रतियोगिताको काठमाडौं प्याब्सनका अध्यक्ष प्रेमकुमार राईले एक कार्यक्रमबीच उद्घाटन गरे । नकआउट प्रतियोगिताको विजेताले ४० हजार, उपविजेताले २५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा १६ टिम सहभागी छन् ।
November 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् । मंगलवार आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा हायत काठमाडौं आईपुगेको कर्णालीले जनाएको छ । मंगलवार काठमाडौं आईपुगेका हायतलाई कर्णालीका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। ३२ […]
November 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले सूर्य प्लाईसँग प्रायोजन सम्झौता गरेको छ । सुदूरपश्चिमले स्ट्रेन्थ पार्टनरको रुपमा सूर्य प्लाईको साथ पाएको हो । मंगलवार सवारागी प्लाईवुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक देव आनन्द सवारागी र सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि सिइओ खड्काले […]
November 26, 2024
एजेन्सी – युवा ओपनर सइम अयुबको शतक सहयोगमा पाकिस्तानले दोस्रो ओडिआई खेलमा घरेलु टोली जिम्बाब्वेमाथि सहज जित हात पारेको छ । मंगलवार भएको खेलमा पाकिस्तानले जिम्बाब्वेमाथि १० विकेटको सहज जित हात पार्यो । जितका साथ ३ खेलको ओडिआई सिरिजमा पाकिस्तानले १-१ को बराबरी गरेको छ । जिम्बाब्वेले दिएको १ सय ४६ रनको सामान्य लक्ष्य पाकिस्तानले […]