2 years ago
February 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गेटवे एकेडेमी १५औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
गेटवेले करियर बिल्डिङलाई ३–१ गोलले पराजित ग¥यो । गेटवेका शिशीर श्रेष्ठ, अर्बिन पुलामी र प्रदीप काफ्लेले गोल गरे । करियरका सबिक डंगोलले सान्त्वना गोल गरे । गोल्डेन बड र ओरिएन्टल पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।
गोल्डेन बडले हाइल्यान्ड तथा ओरिएन्टलले ब्रम्हकुञ्जलाई टाइब्रेकरमा समान ५–४ को नतिजामा हराए । सेमिफाइनलमा ओरिएन्टलको भेट गोल्डेन बडसंग हुनेछ भने गेटवेले न्यु स्टार पोल विरुद्ध खेल्ने छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]