default_image

2 years ago

February 22, 2023

काष्ठमण्डपमा ए लेभल बास्केटबल

187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काष्ठमण्डप ए लेभल एकेडेमीको आयोजनामा छैटौं काष्ठमण्डप थ्री बाइ थ्री अन्तर ए लेभल बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने काष्ठमण्डपका इसीए को–ओर्डिनेटर सुन्दर बुढाथोकीले जनाएका छन् । सहभागी टिमहरुमा नामी, साइपाल, बूढानीलकण्ठ, मल्पी, काष्ठमण्डप र ग्लोबल कलेज इन्टरनेसनल रहेका छन् ।

साइपाल र बूढानीलकण्ठको २–२ तथा काष्ठमण्डपको ३ टिमले प्रतिस्पर्धा गर्ने छन् । दुईदिने प्रतियोगिताका खेलहरु मण्डिखटारस्थित आयोजककै कोर्टमा हुनेछ । पाँचौं संस्करणको उपाधि मल्पीले जितेको थियो । कोरोना भाइरसका कारण दुई संस्करण हुन सकेन ।

March 31, 2025

अस्ट्रेलियामा गल्कोट कप भलिबल हुँदै

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]

March 30, 2025

झापा र बुटवल लुम्बिनीबीच पहिलो हाफ बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा‌ झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

Success

Thank you for your time.