2 years ago
February 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र्याफ्टिङ तथा कनोइङ संघ र बाग्मती प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा सिन्धुपाल्चोकको सुकुटेविचमा सातौं राष्ट्रिय र्याफ्टिङ तथा ११औं राष्ट्रिय कायाक स्लालोम च्याम्पियनसिप शुरु भएको छ ।
सुनकोशी नदीमा तीनदिन सम्म चल्ने प्रतियोगिता र्याफ्टिङतर्फ १५ टोली र कायाकमा ४६ महिला तथा पुरुष खेलाडीहरुले सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको पहिलो दिन कायाकतर्फ गणेश गुरुङले दुई राउण्डको खेलपछि अग्रता लिएका छन् । त्यस्तै बिक्रम गुरुङ दोस्रो, रञ्जन कंडेल तेस्रो, सुरज गुरुङ चौथो तथा सुजन गुरुङ पाचौं स्थानमा छन् । प्रतियोगिताको सोमबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए ।
एसियाली ¥याफ्टिङ तथा कनोइङ महासंघका अध्यक्ष शौतक सिकन्डले प्रतियोगितामा शीर्ष स्थानमा रहने महिला र पुरुषका दुई टोलीलाई आगामी सेप्टेम्वरमा भारतको मनिलामा हुने एसियन च्याम्पियनसिपमा छनोट हुने बताए ।
छनोट भएका खेलाडीहरुको सम्पुर्ण खर्च एसियाली महासंघले ब्यहोर्ने पनि उनले जनाए । नेपाल र्याफ्टिङ तथा कनोइङ संघका कार्यबाहक अध्यक्ष राजीव श्रेष्ठले हरेक इभेन्टसमा पहिलो दोस्रो र तेस्रो स्थान हात पार्ने खेलाडीहरुले १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्रदान गरिने बताए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]