2 years ago
February 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सांग्रिलाले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
काँडाघारीस्तिथत आयोजक अर्किडको मैदानमा भएको फाइनलमा सांग्रिलाले कौतिल्यलाई १–० गोलले पराजित ग¥यो । मनकामना तेश्रो भएको छ ।
शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पारे । चौथो भएको माउन्ट सेबले ५ हजार नगद पुरस्कार पायो ।
विजेतालाई कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्की, अर्किडका सञ्चालक प्रेमकुमार भुजेल, प्रिन्सिपल चोलेन्द्रबहादुर कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नकआउट प्रतियोगितामा ३८ टिम सहभागी थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]