2 years ago
February 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एडभान्स इंग्लिस बोर्डिङ स्कुलले चौथो संस्करणको माफ अन्तर विद्यालय ब्वाइज भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
आफ्नै कोर्टमा मंगलबार भएको फाइनलमा क्याम्ब्रिज पब्लिक स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्दै एडभान्सले उपाधि जित्न सफल भएको हो । रिभेरा इन्टरनेशनल स्कुल तेस्रो तथा व्हीज किड्स इन्टरनेशनल स्कुलले चौथो स्थान हासिल गर्न सफल भएको छ ।
उपाधिसँगै एडभान्सले १५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता क्याम्ब्रिजले १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
तेस्रो भएको रिभेराले ५ हजार रुपैयाँ, शिल्ड र प्रमाण पत्र तथा चौथो भएको व्हीज किड्सले शिल्ड प्राप्त गरेको छ । एडभान्सका अविशेक मगर प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । उनले ट्रफी हात पारे ।
विजयी टोली तथा खेलाडीलाईनेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठ, माफका अध्यक्ष तथा रिभेराका प्रिन्सिपल प्रज्वल कोइराला, माफका सचिव तथा व्हीज किड्सका प्रिन्सिपल राजेश खरेल, क्याम्ब्रिजकी संस्थापक प्रिन्सिपल तथा माफकी सल्लाहकार रिता राई दाहाल र एडभान्सका प्रिन्सिपल पुरुषोत्तम देवकोटालगायतले पुरस्कृत गरे ।
७ फागुनबाट ३ दिनसम्म हाडीगाँउमा चलेको प्रतियोगितामा १३ वटा विद्यालयको सहभागिता रहेको थियो । सोही अवसरमा एडभान्स स्कुलका प्रिन्सिपल पुरुषोत्तम देवकोटाले नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्ड अन्तरगत पिपल्स च्वाइसको मनोनयनमा पर्न सफल भलिबलकी उषा भण्डारीलाई जिताउनको लागि १० हजार रुपैया सहयोग प्रदान गरेको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।