2 years ago
February 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब र धादिङ स्पोर्ट्स क्लब धादिङले मंगलबारदेखि काठमाडौंमा शुरु भएको बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् ।
पुरानो नैकापस्थित न्यु डायमण्डको निर्माणधीन कोर्टमा मंगलबार भएको खेलमा समूह ‘ख’ को खेलमा डायमण्डले परोपकार आदर्श माध्यमिक विद्यालयलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
न्यु डायमण्डले परोपकारमाथि २५–७, २५–१२ र २५–१२ को सहज जित हात पार्यो । यस जितसँगै डायमण्डले ३ अंक बटुलेको छ । परोपकार अंक विहीन हुँदा यो समूहमा ब्राइट फ्युचरले कुनै खेल खेलेको छैन ।
समूह ‘क’ को खेलमा धादिङ स्पोर्ट्स क्लब धादिङले दुप्चेश्वर गाँउपालिका नुवाकोटलाई २५–१८, २५–७ र २५–८ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । यस जितसँगै धादिङले ३ अंक जोडेको छ । दुप्चेश्वरले अंक जोड्न सकेको छैन । यो समूहमा एभरेस्ट मावि बुटवल र नमोबुद्ध नगरपालिका काभ्रे रहेको छ ।
फागुन १३ गतेसम्म हुने च्याम्पियनसिपमा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन लिग पछि हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । समुह ‘क’ मा धादिङ स्पोर्ट्स क्लब धादिङ, एभरेस्ट मावि बुटवल रुपन्देही, दुप्चेश्वर गाँउपालिका नुवाकोट र नमोबुद्ध नगरपालिका काभ्रे रहेको छ ।
समूह ‘ख’ मा आयोजक न्यु डायमण्ड, परोपकार आदर्श मावि काठमाडौं र ब्राइट फ्युचर मावि सलकपुर मोरङ रहेका छन् । च्याम्पियनसिपमा बुधबार तीन खेल हुनेछ । पहिलो खेलमा डायमण्ड र ब्राइट फ्युचर, दोस्रो खेलमा धादिङ र एभरेस्ट तथा तेस्रो खेलमा दुप्चेश्वर र नमोबुद्धबीच खेल हुनेछ ।
प्रतियोगिता आयोजना गराउनुको मुख्य उद्देश्य क्लबको निर्माणधीन खेल मैदान निर्माण सहयोगार्थ तथा जुनियर स्तरबाटै खेलाडी उत्पादनको लागि रहेको क्लबले जनाएको छ ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैया, ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ । दोस्रो हुनेले २ लाख ५० हजार, तेस्रो हुनेले १ लाख र चौथोले ५० हजार रुपैया प्राीत गर्नेछ ।
विधागततर्फ सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र ट्रफी र उदियमान खेलाडीले १५ हजार रुपैया र ट्रफी पाउनेछ । उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैया र ट्रफी प्राप्त गर्नेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।