2 years ago
February 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र्याफ्टिङ क्यानोईङ संघकाे वार्षिक कार्यक्रम ११औं राष्ट्रिय कायक स्लालम प्रतियोगिता तथा सातौं राष्ट्रिय र्याफ्टिङ प्रतियोगिताकाे तयारी पूरा भएकाे छ ।
प्रतियोगिता ९ देखि ११ फागुनसम्म सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशी नदीमा हुनेछ । संघका महासचिव सुदिप राज गौतमका अनुसार ३ दिन सम्म संचालन हुने प्रतियोगीतामा विभागीय टिम प्रहरी, सेना तथा सशस्त्र प्रहरीसँगै देशका विभिन्न र्याफ्टिङ कम्पनी तथा क्लब गरि १५ टिम सहभागी हुनेछन् ।
वल्र्ड र्याफ्टिङ फेडेरेशन एशियाका अध्यक्षको उपस्थितीमा हुने उक्त प्रतियोगीता तीन दिनसम्म संचालन हुनेछ । प्रतियोगिता अन्तर्गत कायक स्लालम व्यक्तीगत खेल हो भने र्याफ्टिङ खेल समुहगत खेल हो । र्याफ्टिङ खेलमा चार विधाका खेल खेलाईनेछ, जसमा स्प्रिन्ट, स्लालम, हेड टु हेड र डाउन रिभर रेसका चार इभेन्टहरु संचालन गरिनेछ ।
जसमा महिला-पुरुष टिम बिच प्रतिस्पर्धा हुनेछ । सात खेलाडीको टिम रहने र्याफ्टिङ खेलमा विजयी लाई पदक प्रमाण पत्र तथा नगद उपहार प्रदान गरिनेछ ।
बाग्मती प्रदेश खेलकुद विकास परिषद को आर्थीक सहयोगमा आयोजना हुने उक्त प्रतियोगीतामा राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पीक कमीटी, माउन्टेन स्पोर्टस फेडेरेशन, हिमालयन रिभर गाईड एशोसियशन तथा नेपाल एशोसियशन अफ र्याफ्टिङ एजेन्सीज को सहयोग रहनेछ ।
संघका अनुसार प्रतियोगिताका लागि नदीमा अब्स्ट्याकल गेटको सर्वेक्षण, सुरक्षा तथा सम्पूर्ण प्राविधिक कार्यका साथै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको संघले जनाएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]