2 years ago
February 19, 2023
विराटनगर (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका प्रिन्स दाहालले पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा ह्याट्रिक उपाधि जित्न सफल भएका छन् ।
विराटनगरमा आइतबार भएको लिनिङ्ग १२औं संस्करणको पुरुष एकलतर्फको फाइनलमा आर्मीका प्रफुल महर्जनलाई पराजित गर्दै प्रिन्स लगातार तेस्रोपटक च्याम्पियन बन्नदै ह्याट्रिक उपाधि जित्न सफल भएका हुन् ।
प्रिन्सले शीर्ष १६ वरीयताभित्रको पुरुष एकलको फाइनलमा प्रफुललाई २१–१४ र २१–१७ ले पराजित गर्न सफल भए । पहिलो सेटमा सहज जित पाएको प्रिन्सले दोस्रो सेटमा १–८ ले पछि परेको अवस्थालाई उल्ट्याएर २१–१७ को जित निकाल्न सफल भयो ।
पछिल्लो ८ दिन भित्रमा दोस्रो उपाधि तथा प्रफुल माथि पनि यो दोस्रो जित हो । यसअघि गत साता इटहरीमा सम्पन्न प्रथम मुख्यमन्त्री राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगितामा प्रफुललाई हराउँदै प्रिन्सले उपाधि जितेका थिए । पुलिसका बिष्णु कटुवाल र आर्मीका रुकेश महर्जन संयुक्त रुमा तेश्रो भए ।
उपाधिसँगै प्रिन्सले ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रफुलले ३० हजार र तेस्रो भएका विष्णु र रुकेशे क्रमश १४ हजार र १२ हजार ५ सय हात पारे । विजयी खेलाडीलाई पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरस्कृत गरे ।
लगातार तीन संस्करणमा जित हात पार्ने खेलाडीलाई राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालले स्कुटर प्रदान गर्ने घोषणा बमोजिम अर्को संस्करणको उद्घाटनका अवसरमा प्रिन्सलाई स्कुटर प्रदान गरिने जनाएको छ ।
नेकपा एमालेको भातृसंस्था नेपाल खेलकुद महसंघ अन्तरगत रहेको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको महिलाको शीर्ष १२ वरीयता भित्रको एकलतर्फ आर्मीकी अनुमाया राईले ८ दिन अघि इटहरीमा सम्पन्न मुख्यमन्त्री राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताकी विजेता एपिएफकी जेशिका गुरुङलाई १८–२१, २१–१७ र २१–६ ले पराजित गर्दै उपाधि जित्न सफल भइन् ।
पुष्पलालमा अनुको लगातार दोस्रो उपाधि हो । राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जन र प्राथना देउवा तेस्रो भइन् । च्याम्पियन अनुमायाले ५० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । जेशिकाले २८ हजार ५ सय र तेस्रो भएकी रशिलाले १२ हजार ५ सय र प्राथनाले ११ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।
पुरुषको शीर्ष १६ वरीयता बाहेकमा आर्मीका पविन लिनथेपलाई पराजित गर्दै एपिएफका सुजन थापाले उपाधि जिते । आर्मीका हिमाल चन्द र एपिएफका प्रनिश सिंह ठकुरीले तेस्रो भए ।
महिला शीर्ष १२ बाहेकमा आर्मीकी बिश्ना बिष्टले झापाकी अन्जना राईमाथि १९–२१, २१–१९, २१–१९ को कठिन जित निकालदै उपाधि जितिन् । पाँचथरकी रिना तामाङ र आर्मीकी टिशा रानी शाक्य संयुक्त तेश्रो भइन् ।
पुरुष युगलतर्फ पुलिसका बिष्णु कटुवाल र प्रिन्स दाहालको जोडीले एपिएफका बिजीत थापा मगर र पुलिसका जीवन आचार्यको जोडीलाई पराजित गर्दै उपाधि जिते । आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी तथा कास्कीका विधान अधिकारी र पविन लिनथेपको जोडी संयुक्त तेश्रो भए ।
महिला युगलतर्फ एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडीलाई पराजित गर्दै आर्मीर्की प्राथना देउवा र अनुमाया राईले उपाधि जिते । एपिएफका जेशिका गुरुङ र सुनयना मुखियाको जोडी तेस्रो भइन् ।
पुरुष यु१७ मा एपिएफका रोशन साउदले आर्मीका अनिल मल्ललाई पराजि तगर्दै पहिलो भए । आर्मीका कविर केसी र दाङका सनौला रैनी संयुक्त तेश्रो भए ।
महिला यु१७ मा आर्मीकी रिहाना शेरचनले आर्मीर्क टिशा रानी शाक्यलाई हराएर पहिलो भइन् । कास्कीकी निभा राई र ताप्लेजुङकी नुमा लिम्बु संयुक्त तेश्रो भइन् ।
पुरुष ४५ बर्ष माथिको प्रतिस्पर्धामा काठमाडौंका संजय कपाली र श्याम लामाको जोडीले उपाधी जिते । पुरुष ५५ बर्ष माथिको प्रतिस्पर्धामा पाँचथरका रामराज आङ्गदम्बे र संजय भक्तराजको जोडीले जित हात पार्दै उपाधि उचाले ।
उच्च वरीयता बाहेकका महिला र पुरुष एकल, महिला र पुरुष युगल, भेट्रान ४५ बर्ष माथि र ५५ बर्ष माथिका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः नगद २० हजार, १० हजार र ५ हजार तथा यु–१७ छात्र तथा छात्रा एकल तर्फका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
शहिद रंशालास्थित कभर्डहलमा फागुण २ देखि ७ गते सम्म आयोजना भएको प्रतियोगिताको सह–आयोजकमा मोरङ जिल्ला ब्याडमिन्टन संघ तथा मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री उत्पादन संस्था लिनिङ रहेको थियो ।
सहप्रायोजकमा बिराटनगर महानगरपालिका, नेपाल टेलिकम रहेको थियो भने नेपाल खेलकुद महासंघले खेलाडीहरुका लागि खाने बस्ने ब्यवस्था गरेको थियो । करिव २४ लाख ८४ हजारको लागत रहेको प्रतियोगिताको पुरस्कार राशी ५ लाख ९८ हजार रहेको थियो ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]