2 years ago
February 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले आगामी जेठमा नेपालमा आयोजना हुने काभा महिला भलिबल च्यालेन्ज कपको लागि २१ सदस्यीय प्रारम्भिक टाेलीबाट बन्द प्रशिक्षण शुरुवात गरेको छ ।
संघले प्रारम्भिक चरणमा २१ खेलाडी छनोट गर्दै आइतबारदेखि प्रशिक्षण शुरु गरेको हो । छनोटमा यसपटक छैटौं केएनपी महिला राष्ट्रिय भलिबल च्याम्पियनसिपको च्याम्पियन होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबबाट सबैभन्दा बढी ६ खेलाडी प्रशिक्षणमा परेका छन् ।
एपिएफ र आर्मीबाट समान ५ खेलाडी तथा सातौं एनभिए क्लब च्याम्पियनसिपको च्याम्पियन पुलिसबाट चार खेलाडी छनोटमा परेका छन् । गण्डकी प्रदेशबाट राष्ट्रिय टोलीकै कप्तान अरुणा शाही मात्रै प्रारम्भिक चरणको टोलीमा परेकी छिन् ।
गत वर्ष नेपालले एसियन सेन्ट्रल जोनको उपाधि जित्दा टोलीमा रहेका तीन खेलाडी पुलिसकी मनिषा चौधरी र लक्ष्मी चन्द तथा आर्मीकी शान्ति थारु प्रारम्भिक चरणमै पर्न सकेनन् ।
यस्तै न्यु डायमण्डकी सलिना बुढा मगर र सुमित्रा रेग्मी पहिलोपटक राष्ट्रिय टोलीमा प्रशिक्षणमा पर्न सफल भएका छन् । सलिना विगत डेढ वर्षदेखि तथा सुमित्रा विथ सात महिनादेखि भलिबल खेलिरहेकी खेलाडी हुन् ।
सातौं एनभिए क्लब च्याम्पियनसिप र पछिल्लो विभिन्न प्रतियोगितामा गरेको प्रदर्शनलाई आधार मान्दै चिफ कोचहरुले प्रारम्भिक चरणमा खेलाडी छनोट गरिएको संघका महासचिव रोशन श्रेष्ठले जानकारी गराए ।
उनका अनुसार बेल्जियन प्रशिक्षक जान डे ब्रान्ट नेपाल नआइपुग्दा सम्म यसअघि महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक रहेका जगदिश प्रसाद भट्ट र प्रशिक्षक भरत यादवले टोलीलाई प्रशिक्षण दिनेछन् । बेल्जियन प्रशिक्षक जान डे ब्रान्ट मार्च पहिला साता नेपाल आइपुग्ने संघले जनाएको छ ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को महिला भलिबल च्यालेन्ज कप २० देखि ३० मेमा नेपालमा आयोजना हुँदैछ । च्याम्पियनसिपमा नेपालसहित १० टोलीको सहभागिता रहनेछ । दक्षिण एसियाबाट नेपालसहित भारत, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान तथा एसियन जोनबाट उज्वेकिस्तान, ताजकिस्तान, कीर्गिस्तान र तुर्कमेनिस्तानको सहभागिता रहने बताइएको छ ।
२१ सदस्यीय प्रारम्भिक टोली
अरुणा शाही (गण्डकी), सरस्वती चौधरी (एपीएफ), निरुता ठगुन्ना (एपिएफ), आरती सुवेदी (एपीएफ), कविता भट्ट (एपीएफ), पुजा चौधरी (एपीएफ), प्रतिभा माली (न्यु डायमण्ड), सलिना श्रेष्ठ (न्यु डायमण्ड), प्रगति नाथ (न्यु डायमण्ड), रिमा कुँवर (न्यु डायमण्ड), सलिना बुढामगर (न्यु डायमण्ड), सुमित्रा रेग्मी (न्यु डायमण्ड), कृपा अधिकारी (आर्मी), सुनिता खड्का (आर्मी), साफिया पुन (आर्मी), सरस्वती जैशी (आर्मी), संगम महतो (आर्मी), उषा भण्डारी (पुलिस), कामना विष्ट (पुलिस), पुनम चन्द (पुलिस) र शन्तिकला तामाङ (पुलिस)
याे पनि महिला भलिबल टोलीको प्रशिक्षकमा बेल्जियमका ब्रान्ट नियुक्त
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।