2 years ago
February 18, 2023
विराटनगर (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ विराटनगरमा जारी लिनिङ्ग १२औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरीयता भित्रको पुरुष एकलतर्फ प्रिन्सले त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनलाई २१–९ र २१–१७ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् । अब उपाधिका लागि प्रिन्सले आर्मीका प्रफुल महर्जनसँग प्रतिस्पर्धा गर्नेछन् ।
प्रफुलले पुलिसका बिष्णु कटुवाललाई २१–१८ र २१–७ ले पराजित गर्दै उपाधि नजिक पुगेका छन् । गत साता इटहरीमा भएको मुख्यमन्त्री राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगितामा प्रफुललाई पराजित गर्दै प्रिन्सले उपाधि जितेका थिए ।
यस्तै महिला शीर्ष १२ वरीयताभित्रको एकलतर्फ मुख्यमन्त्री राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताकी उपाधि विजेता एपिएफकी जेशिका गुरुङले पुनः एकपटक राष्ट्रिय च्याम्पियन रसिला महर्जनलाई १४–२१, २१–१६ र २१–१२ ले पराजित गर्दै फाईनलमा आर्मीकी अनुमाया राईसँगको भेट पक्का गरेकी छिन् । अनुले फाइनल प्रवेश गर्ने क्रममा आर्मीकै प्राथना देउवालाई २१–१२ र २१–११ ले पराजित गरिन् ।
पुरुष एकलको शीर्ष १६ वरीयता बाहेकको स्पर्धामा आर्मीका पविन लिनथेप र एपिएफका सुजन थापा उपाधि नजिक पुगेका छन् । पविनले आर्मीकै हिमाल चन्दलाई २१–१९, १३–२१ र २१–१९ ले तथा थापाले एपिएफकै प्रनिश सिंह ठकुरीलाई २१–१८, १७–२१ र २१–६ ले पराजित गरे ।
महिला शीर्ष १२ बाहेकको स्पर्धामा आर्मीकी बिष्णा बिष्टले पाँचथरकी रिना तामाङलाई २१–१५ र २१–१३ ले पराजित गर्दै फाइनलमा पुगिन् । अब उपाधिका लागि बिष्णाले झापाकी अन्जना राईसँग प्रतिस्पर्धा गर्नेछिन् ।
राईले आर्मीकी टिशा रानी शाक्यलाई २१–६ र २१–१३ ले पराजित गरिन् । पुरुष यु१७ तर्फको प्रतिस्पर्धामा एपिएफका रोशन साउद र आर्मीका अनिल मल्ल विच उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् । रोशनले आर्मीका कविर केसीलाई २१–१३, १९–२१ र २१–१५ ले तथा मल्लले दाङका सनौला रैनीलाई २१–१५ र २१–१५ ले पराजित गरे ।
महिला यु १७ तर्फ आर्मीकी रिहाना शेरचनले कास्कीकी निभा राईलाई २१–१४ र २१–१३ ले तथा आर्मीकी टिशा रानी शाक्यले ताप्लेजुङकी नुमा लिम्बुलाई २१–१९ र २१–११ ले पराजित गर्दै फाइनलमा स्थान बनाइन् ।
पुरुष युगलतर्फ एपिएफका बिजीत थापा मगर र पुलिसका जीवन आचार्यको जोडी तथा पुलिसका बिष्णु कटुवाल र प्रिन्स दाहालको जोडी फाइनलमा पुगेका छन् । महिला युगलतर्फ एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडी तथा आर्मीकी प्राथना देउवा र अनुमाया राईको जोडी फाईनल प्रवेश गरेका छन् ।
पुरुष ४५ बर्ष माथि काठमाडौंका संजय कपाली र श्याम लामाको जोडी तथा कास्कीका राजेश गुरुङ र बाँकेका अनिल लाखेको जोडी फाइनलमा पुगेका छन् ।
पुरुष ५५ बर्ष माथिको प्रतिस्पर्धामा पाँचथरका रामराज आङ्गदम्बे र संजय भक्तराजको जोडी तथा कास्कीका रमेश भट्टचन र खोटाङका दीपक राईको जोडीले फाइनल खेल्नेछन् ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]