2 years ago
February 18, 2023
काठमाडौं (हाम्रो खेलकुद – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । स्कटल्यान्डविरुद्धको टोलीलाई निरन्तरता दिएको छ । नामिबियाले पनि टोलीमा कुनै परिवर्तन गरेको छैन ।
नेपाल लगातार तेस्रो जितको सोचमा हुनेछ । नामिबिया नेपाल भ्रमणमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छ । सुरुवाती दुई खेलमा सानदार जित हात पारेको नेपालको मनोबल उच्च । नेपाल त्यहिँ नतिजालाई निरन्तरता दिँदै ओडिआई मान्यता मजबुत बनाउन चाहन्छ । नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको थियो । २ सय ८६ रनको विजयी लक्ष्य पूरा गर्दै नेपालले इतिहास रचेको थियो । जुन योगफल नेपालले पूरा गरेको सर्वाधिक ठूलो योगफल थियो ।
दोस्रो खेलमा स्कटल्यान्डलाई नेपालले तीन विकेटले पराजित गरेको थियो । नेपालले स्कटल्यान्डलाई हराउन २ सय ७५ रनको विजयी लक्ष्य पूरा गरेको थियो । यता नामिबिया स्कटल्यान्डसँग १० विकेटले पराजित गरेको थियो ।
नेपालले लगातार दोस्रो दिन खेल्दैछ । नामिबियाले दुई दिन विश्राम पाएको छ । नामिबियालाई केहि सहज हुनसक्छ । तर नेपालको मनोबल निकै उच्च छ । नेपाल घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै सानदार जित हात पार्न चाहन्छ । नेपाल जितको मोमेन्टलाई निरन्तरता दिने सोचमा हुनेछ ।
नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ । नेपाल शीर्ष तीनमा पर्न बाँकी १० खेल नै जित्नुपर्ने हुन्छ । ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा ७ खेल जित्नुपर्ने हुन्छ । उता नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ । शीर्ष तीनमा रहँदै सोझै ग्लोबल छनोट खेल्न नामिबियालाई बाँकी खेल जित्नुपर्ने दबाब छ ।
अंक तालिका
स्कटल्यान्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।
नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीन टोली सोझै ग्लोबल छनोट खेल्नेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी,सन्दीप लामिछाने, गुलशन झा ।
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली युवा फुटबल टोली एएफसी यु १७ एसिया कप छनोटको आफ्नो पहिलो खेलमा फराकिलो अन्तरमा पराजित भएको छ। कतारको दोहामा बुधवार भएको खेलमा नेपाललाई जापानले ९-२ ले हराएको छ। नेपालका लागि सविनकुमार मगर र विज्ञान खड्काले गोल गरे । जापानका लागि दाइची तानीले ४ गोल, हिरोतो असादाले ३ तथा मिबुकी कासाई र […]
October 22, 2024
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली उसु खेलाडीले जापानको टोकियोमा हुने तेस्रो थाउँलो वर्ल्डकप २०२४ भाग लिने भएका छन् । टोकियोस्थित योकोहा शहरमा वर्ल्ड कप कात्तिक ७ देखि १२ गते सम्म हुने बताइएको छ। दीपक हमाल, विजय सिंजाली, निमा घर्ती मगर, पासाङ शेर्पा र राजिव तामाङले वर्ल्ड कपमा भाग लिने बताइएको छ। नेपाल उसु महासंघका महासचिव […]
October 7, 2024
दिल तामाङ ,सिड्नी नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको पाँचौं महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभा र राजेन्द्रले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरे। प्रतिभाले म्याग्दी काली युनाइटेड र राजेन्द्रल ढोरपाटन क्लबबाट […]