2 years ago
February 17, 2023
विराटनगर (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकाद्धय प्रिन्स दाहाल र बिष्णु कटुवाल विराटनगरमा जारी ‘लिनिङ १२औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको शीर्ष १६ वरीयता भित्र रहेका पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिष्णुले एपिएफका देवराज रानालाई २४–२२ र २१–१० ले तथा प्रिन्सले पुलिसकै सुनिल जोशीलाई २१–११ र २१–८ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । यस्तै त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जनले पनि सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।
प्रफुलले कास्कीका बिधान अधिकारीलाई २१–१४ र २१–१२ र रुकेशले एपिएफका क्षितीज खनाललाई २२–२० र २१–१३ ले पराजित गरे । फाइनल प्रवेशका लागि बिष्णु र प्रफुल तथा र प्रिन्स र रुकेशबीच प्रतिस्पर्धा हुनेछ ।
पाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगिताको शीर्ष १२ वरीयताको महिला एकलतर्फ राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जनले एपिएफकी सुनयना मुखियालाई २१–१६ र २१–१३ ले पराजित गर्दै सेमिफाईनलमा एपिएफकी जेशिका गुरुङसँगको भेट पक्का गरेकी छिन् ।
इटहरीमा सम्पन्न राष्ट्रिय प्रतियोगितामा पनि दुईबीच सेमिफाईनलमा प्रतिस्पर्धा भएकोमा जेशिकाले जित हात पारेकी थिईन् । यस्तै अर्को प्रतिस्पर्धामा आर्मीकी अनुमाया राईले पुलिसकी निता लम्साललाई २१–१६ र २१–१५ ले पराजित गरि सेमिफाईनलमा आर्मीकै प्राथना देउवासँग भेट पक्का गरिन् । प्राथनाले आर्मीकै अमिता गिरीबाट वाकओभर प्राप्त गरिन् ।
पुरुष एकलतर्फ शीर्ष १६ वरीयताबाहेकमा आर्मीका हिमाल चन्दले एपिएफका अमन महर्जनलाई २१–१८ र २२–२० ले तथा आर्मीका पविन लिनथेपले एपिएफका अरुण अधिकारीलाई २१–१८ र २१–८ ले पराजित गर्दै सेमिफाईनल भेट पक्का गरे ।
अर्को खेलमा एपिएफका प्रनिश सिंह ठकुरीले मोरङका विवेक चौधरीलाई २१–८ र २१–१८ ले तथा एपिएफका सुजन थापाले उदयपुरका विनय चौधरीलाई २१–१४, २०–२२ र २१–५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।
पुरुष यु–१७ तर्फ एपिएफका रोशन साउद, ललितपुरका लक्ष्मण राना, दाङका सनौला रैनी र आर्मीका अनिल मल्ल सेमिफाईनल प्रवेश गरेका छन् ।
यस्तै महिलातर्फ आर्मीर्की रिहाना शेरचन, कास्कीकी निभा राई, आर्मीकी टिशा रानी शाक्य र ताप्लेजुङकी नुमा लिम्बु सेमिफाइनलमा पुगेका छन् ।
५५ बर्ष माथिको युगलतर्फ सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङको जोडी, कास्कीका रमेश भट्टचन र खोटाङका दीपक राईको जोडी, पाँचथरका रामराज आङदम्बे र सञ्जय भक्तराजको जोडी तथा बिबिसीका केशव कार्की र आरके सिंहको जोडी सेमिफाइनलमा पुगेका छन् ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]