2 years ago
February 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफका प्रनिश सिंह ठकुरी बिराटनगरमा जारी ‘लिनिङ १२औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफााइनलमा प्रवेश गरेका छन् ।
नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शिर्ष १६ बरियता बाहेकको पुरुष एकलतर्फ पविनले एपिएफका सुमन लिम्बुलाई २१–१४ र २१–११ र प्रनिशले आर्मीका सुनिल कार्कीलाई २१–१० र २१–१० ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएका हुन् ।
आर्मीका हिमाल चन्दले झापाका नविन सिलवाललाई २१–१२ र २१–१६, एपिएफका अमन महर्जनले दाङ्गका सनौला रैनीलाई २१–१४ र २१–१२, मोरङका बिवेक चौधरीले पाँचथरका किरण श्रेष्ठलाई २१–१७ र २१–१०, एपिएफका अरुण अधिकारीले सुनसरीका सत्यम सुब्बालाई २१–१९, १३–२१ र २१–१९ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाए ।
पुरुष यु१७ तर्फ एपिएफका रोशन साउद र आर्मीका अभय महरा क्वाटरफाईनलमा प्रवेश गरेका छन् । साउदले उदयपुरका रुमु हाङ राईलाई २१–१२ र २१–९ ले तथा महराले ताप्लेजुङ्गका अन्ड्रीयास लिम्बुलाई २१–८ र २१–१४ ले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरे ।
यसैगरि आर्मीका कविर केसीले पाँचथरका रोहन तामाङ्गलाई २१–१६ र २१–१०, ललितपुरका लक्ष्मण रानाले आर्मीका आर्मीका सुविन श्रेष्ठ (बी)लाई २१–१७, ९–२१ र २१–१७, मोरङ्गका सुप्रिम पन्तले आर्मीका पारश उपाध्यायलाई २१–१५, ११–२१ र २१–१६, दाङ्गका सलौना रैनीले पाँचथरका किरण श्रेष्ठलाई २२–२० र २१–१३, उदयपुरका बिनय चौधरीले एपिएफका अरुण अधिकारीलाई २१–१८ र २१–१४ र आर्मीका अनिल मल्लले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका संयोग बस्नेतलाई २१–१७ र २१–९ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् ।
महिलातर्फ कास्कीकी निभा राई र आर्मीकी टिशा रानी शाक्यले क्वाटरफाईनलमा स्थान बनाए । राईले ताप्लेजुङ्गका सरुना गुरुङ्गलाई २१–१७, १२–२१ र २१–१४ ले तथा शाक्यले पर्साका श्रुती शाहबाट वाकओभर पाए ।
पुरुष युगलतर्फ मोरङ्गका सुप्रिम पन्त र प्रेम राईको जोडी तथा एपिएफका सुमन लिम्बु र देवराज रानाको जोडी अन्तिम १६ मा स्थान पक्का गर्न सफल भए ।
ललितपुरका बिकास महर्जन र रदीप महर्जनको जोडी, कैलालीका चन्द्रिका कथरिया र स्पोर्टस् हवका अनुज तामाङ्गको जोडी, पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगरको जोडी, एपिएफका अमन महर्जन र सुजन थापाको जोडी, आर्मीका सुनिल कार्की र झापाका नविन सिलवालको जोडी, नखिपोटका विबेक कदङ्गवा र नल्सन राईको जोडी, मोरङ्गका दिपेन्द्र खड्का र जनम राईको जोडी, कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेपको जोडी, मोरङ्गका बिवेक चौधरी र उज्जल पोखरेलको जोडी, एपिएफका क्षितीज खनाल र प्रनिश सिंह ठकुरीको जोडी तथा मोरङ्गका राजेन्द्र महर्जनको जोडी तथा कुशल राईको जोडी रहेका छन् ।
पुरुष ४५ बर्ष माथि युगलतर्फ सुनसरीका पुगेन्द्र लिम्बु र राम योञ्जनको जोडी, उदयपुरका बल बहादुर कार्की र चित्र थापाको जोडी, मोरङ्गका जीवन बोगटी र धन कुमार श्रेष्ठको जोडी, उर्लाबारी ब्याडमिन्टन क्लबका पोष्ट मगर र कमल वाईवाको जोडी, मोरङ्गका पदम धिमाल र धर्म राज राईको जोडी, ललितपुरका शान्ता डङ्गोल र सुमन (रत्नमान) महर्जनको जोडी, मोरङ्गका किरण सिंह बस्नेत र सुदीप पोखरेलको जोडीले पनि अन्तिम १६ मा स्थान पक्का गरे ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]