2 years ago
February 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को छैटौं अधिवेशन नेपालगन्जमा बिहीबारदेखि सुरु भएको छ । अधिवेशनको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरे ।
अधिवेशनले शुक्रबार नयाँ नेतृत्वको चयन गर्ने छ । अधिवेशनले बढुवा तथा पदपूर्ति, अस्थायी, करार तथा मासिक ज्यालादारी कर्मचारीहरुलाई उपदानको व्यवस्था, प्रशिक्षण केन्द्रको स्थापना गरी व्यवस्थित र निजामती (सिभिल) अस्पतालको स्वास्थ्य सुविधा उपलब्ध गराउने संकल्प प्रस्ताव पारित गरेको छ ।
कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो । राष्ट्रिय खेलकुद परिषद् सेवामा वि.सं. २०५३ र २०६१ मा पदपूर्ति भएका प्रशासन तथा प्रशिक्षण सेवाका कर्मचारीहरुको हालसम्म बढुवाको प्रक्रिया अगाडी बढाईने छ ।
त्यसैगरी वि.सं.२०६३ र २०६४ साल बढुवा भएका कर्मचारीहरुको समेत बढुवाको प्रक्रिया भईसक्दापनि परिषद्बाट बढुवा सम्बन्धी कुनै प्रक्रिया अगाडी बढाउने भएकाे छ ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को प्रावधान अनुरुप युवा तथा खेलकुद मन्त्रालयबाट परिषद्को संगठन संरचना व्यवस्थापन सर्भेक्षणको लागि कमिटि गठन भई कार्य अघि बढि रहेको हुँदा उक्त संगठन संरचना सम्बन्धी सर्भेक्षणको प्रतिवेदन स्वीकृत भई लागू भएको एक महिनाभित्र कर्मचारीहरुको बढुवा तथा रिक्त स्थानमा पदपूर्तिको काम थालनी नगरेमा कर्मचारी संघबाट चरणबद्ध आन्दोलनको घोषणा गरी तत्काल बढुवा तथा पदपूर्ति सम्बन्धी कार्य शुरु नगरेसम्म परिषद्को दैनिक काम कारवाही ठप्प पार्ने कार्यक्रम महाधिवेशनबाट सर्वसम्मतबाट पारित भएकाे छ ।
यस्तै राष्ट्रिय खेलकुद परिषद्को सेवामा विगत लामो समयदेखि अस्थायी, करार तथा मासिक ज्यालादारीको रुपमा कार्यरत कर्मचारीहरुलाई उमेरको हदका कारण सेवा निवृक्त हुंदा कुनैपनि सुविधा उपलब्ध नहुने व्यवस्था भएकोमा जीवनको उर्जाशिल समय परिषद्को सेवामा समर्पित गर्नुपर्ने तर उत्तरार्धमा खालि हात घर फर्कनु पर्ने परिस्थितीका कारण घर परिवारको अवस्था, परिवारको लालनपालन लगायतका बिषय चिन्ताजनक अवस्था रहेको हुंदा परिषद्मा सेवा गरेवापत त्यसरी सेवा निवृक्त हुंदा ५ बर्ष भन्दा बढी निरन्तर सेवा गरेको अवधिको प्रत्येक बर्षको हिसाबले न्याय संगत रुपमा उपदानको व्यवस्थाको लागि राष्ट्रिय खेलकुद परिषद्् मार्फत नेपाल सरकारबाट व्यवस्थाको लागि जोडदार माग प्रस्तुत्का लागि सर्वसम्मबाट पारित भएकाे छ ।
यस्तै राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद सम्बन्धी तालिम केन्द्र तथा खेलकुद प्रतिष्ठान स्थापनाल गरी संचालन गर्न व्यवस्था अनुरुप खेलकुदको विकास र विस्तारको हिसाबले प्रदेश भित्र रहेको खेलकुदप्रतिको अभिरुचिका आधारमा खेलकुद प्रशिक्षण संचालन हुनसक्ने संभाव्यता अध्ययन गरी खेलकुद प्रशिक्षण केन्द्रको स्थापना गरी व्यवस्थित रुपमा संचालन गर्न राष्ट्रिय खेलकुद परिषद् मार्फत युवा तथा खेलकुद मन्त्रालय र नेपाल सरकार समक्ष जोडदार माग प्रस्तुत् गर्ने प्रस्ताव सर्वसम्मतले पारित भएकाे छ ।
यस्तै निजामती अस्पतालमा निजामती कर्मचारीहरुले स्वास्थ्य उपचारको सहुलियत सुविधा पाएसरह राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीलाई समेत सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले कर्मचारी संघले बारम्बार आवाज उठाईरहेकोमा राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकबाट समेत यस बिषयमा निर्णय भई प्रक्रिया अघि बढीरहेको अवस्थामा सहुलियत दरको स्वास्थ्य सेवाको सुविधाको लागि कर्मचारी संघबाट उपयुक्त पहल गरी कर्मचारीहरुलाई सो सुविधा उपलब्ध गराउन प्रतिबद्धता सहितको प्रस्ताव सर्वसम्मतबाट पारित गरिएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]