2 years ago
February 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विश्व बम मल्लको अध्यक्षतामा नेपाल ह्यान्डबल संघ तदर्थ समिति गठन गरिएको छ । ह्यान्डबलका पूर्व प्रमुख प्रशिक्षक मल्लको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
सन्देश रेग्मीले महासचिव तथा ह्यान्डबलकै पूर्व प्रशिक्षक एवं राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका पूर्व निर्देशक हिमालराज दाहालले कोषाध्यक्षको जिम्मेवारी पाए ।
सदस्यमा रामकृष्ण केसी, विकास खनाल, रत्नज्योति मानन्धर, विराटमान वज्राचार्य, रविन धौभडेल, राकेश राई, बसन्त श्रेष्ठ, श्याम खरेल, पुरुषोत्तम लामिछाने, कमला विष्ट, राम गुरुङ, टेकबहादुर विक, रामेश्वर श्रेष्ठ र विमलेश सिंह रहेका छन् ।
समितिलाई ३ महिना भित्र विधान मस्यौदा तयार गरी परिषद्को स्वीकृतिमा साधारण सभा तथा निर्वाचन गर्नु पर्नेछ ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]