2 years ago
February 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विज किड्स इन्टरनेसनल स्कुलले छैटौं संस्करणको माफ इन्टर स्कुल गल्स भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
क्याम्ब्रिज पब्लिक हाई स्कुल पुरानो बानेश्वरमा बिहीबार भएको फाइनलमा विज किड्सले घरेलु टोली क्याम्ब्रिजलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । विज किड्सले २५–१४, २५–१६ र २५–७ को जित निकाल्यो ।
उपाधिसँगै विज किड्सले १५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता क्याम्ब्रिजले १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
एलिक्सरलाई २५–११, २५–११, २३–२५ र २५–१८ को सेटमा पराजित गर्दै जगत मन्दिरले तेस्रो स्थान हासिल गरेको छ । तेस्रो भएको जगतले ५ हजार रुपैयाँ, शिल्ड र प्रमाण पत्र तथा चौथो भएको एलिक्सरले शिल्ड प्राप्त गरेको छ ।
विज किड्सकी कृति श्रेष्ठ प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । क्याम्ब्रिजकी सुविना खड्का स्पाइकर, क्याम्ब्रिजकै समिका श्रेष्ठ सर्भर, क्याम्ब्रिजकै बसुन्धरा पाण्डे उत्कृष्ट डिफेन्डर चुनिए । विज किड्सकी रियस्का केसी उत्कृष्ट सर्भर तथा एडभान्सकी खेलाडी उत्कृष्ट ब्लकर चुनिइन् । उनीहरु सबैले ट्रफी प्राप्त गरे ।
विजयी टोली तथा खेलाडीलाई माफका अध्यक्ष प्रज्वल कोइराला, प्रहरी महानिरिक्षक धिरज प्रताव सिंह, आर्मीका पुर्व जर्नेल तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी मिन ध्वज खड्का, कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी भीम ढकाल, क्याम्ब्रिजका संस्थापक प्रिन्सिपल, काठमाडौं प्याब्सनका उपाध्यक्ष तथा माफको सल्लाहकार तथा प्रतियोगिता संयोजक रीता राई दाहाल र माफका प्रिन्सिपल तथा प्रतिनिधिलगायतले पुरस्कृत गरे ।
समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईको पनि उपस्थिति रहेको थियो ।
गत मंगलबारदेखि सुरु भएको प्रतियोगितामा प्याब्सन अन्तरगत माफ क्लस्टरका विभिन्न ११ स्कुलको सहभागिता रहेको थियो । म्याचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा भइरहेको प्रतियोगिताको सुरुवातदेखि नै क्याम्ब्रिजले व्यवस्थापन गर्दै आइरहेको छ ।
माफले २०७२ देखि महिला भलिबल प्रतियोगिता गर्दै आइरहेको छ । पछिल्लो समय कोभिडको कारण आयोजना हुन सकेको थिएन ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।