2 years ago
February 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – जुनियर डेभिस कप तथा बिली जिन किङ कपमा सहभागी हुन ५ सदस्यीय नेपाली टोली बिहीबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्ने भएको छ ।
डेभिस कपमा ३ ब्वाइज तथा किङ कपमा २ गल्र्स खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।
डेभिस कपमा आयुशमान हजुर घले, श्रृजन भट्टराई र श्रीयोग अधिकारीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । किङ कपमा सुनिरा थापा र प्रशंसा मोक्तानले खेल्ने छन् ।
टोलीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले बुधबार एक कार्यक्रमबीच बिदाइ गरिन् । यु–१६ उमेरसमूहको दुवै प्रतियोगिता फेब्रुअरी २० देखि २५ तारिखसम्म हुनेछ ।
यसैबीच मलेसियाको कुचिङमा हुने वल्र्ड जुनियर टेनिस कम्पिटीसन, फाइनल क्वालिफाइङ इभेन्टका लागि ३ गल्र्स खेलाडी छनोट भएको कार्यालय सचिव देवकोटाले जानकारी गराए ।
मार्च २० देखि २५ तारिखसम्म हुने प्रतियोगिताका लागि स्वस्तिका विष्ट, शिभाली गुरुङ र समृद्धि महर्जन छनोट भए । प्रशिक्षकमा कान्छा खड्गे छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]