default_image

2 years ago

February 15, 2023

निर्मल ज्योति क्वाटरफाइनलमा

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – निर्मल ज्योति सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा निर्मल ज्योतिले साम्तेनलाई १–० गोलले पराजित ग¥यो । विजेताका निमा शेर्पाले निर्णायक गोल गरे । त्यस्तै माउन्ट सेब, कौतिल्य र डिफेन्डिङ च्याम्पियन नेक्सस इन्टरनेसनल एकेडेमी पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

माउन्ट सेबले विद्या विकासलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । कौतिल्यले मोनास्टिकमाथि ३–० को सहज जित दर्ता ग¥यो ।

कौतिल्यका पदमराज खड्का, दिलसन श्रेष्ठ र सन्देश राउतले १–१ गोल गरे । नेक्ससले टाइमलाइनलाई २–१ गोलले पाखा लगायो ।

October 7, 2024

अस्ट्रेलियामा प्रतिभा र राजेन्द्र सर्वाेत्कृष्ट

दिल तामाङ ,सिड्नी नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको पाँचौं महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभा र राजेन्द्रले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरे। प्रतिभाले म्याग्दी काली युनाइटेड र राजेन्द्रल ढोरपाटन क्लबबाट […]

October 7, 2024

ढोरपाटन र म्याग्दी कालीलाई भलिबल उपाधि

दिल तामाङ ,सिड्नी आयोजक ढोरपाटन क्लब अस्ट्रेलिया र म्याग्दी काली युनाइटेडले पाँचौं संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ को उपाधि जितेका छन् । ढोरपाटन पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । अस्ट्रेलियाकाे सिड्नीस्थित अवर्न बास्केटबल सेन्टर लिडकममा आइतवार भएको एक दिने प्रतियोगिताको पुरुषतर्फको फाइनलमा आयोजक ढोरपाटनले म्याग्दी प्रवासी नेपाली संघ […]

October 3, 2024

काठमाडौंको जितले मधेश र गण्डकी बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं स्पाइकर्सको तेस्रो जितसँगै मधेश युनाइटेड र गण्डकी थन्डर्स वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को लिग चरणबाटै बाहिरिएका छन् । काठमाडौंले बिहीवार मधेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा मधेश १ खेल र गण्डकी २ खेल बाँकी छँदै लिग चरणबाटै बाहिरिएका हुन् । फाइनल पुग्ने सम्भावना […]

Success

Thank you for your time.