default_image

2 years ago

February 15, 2023

नवौंमा पदक जित्ने एपिएफका खेलाडी सम्मानित

335 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपिएफ) ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न विधामा पदक जित्न सफल नेपाल एपीएफ क्लबका खेलाडीलाई नगद पुरस्कार र सम्मानपत्रले सम्मानित गरेको छ ।

सशस्त्र प्रहरी बलले बुधबार आफ्नै प्रधान कार्यालयमा एक कार्यक्रम गर्दै नवौंमा स्वर्ण पदक, रजत तथा कास्य पदक विजेता नेपाल एपीएफ क्लबका खेलाडीहरुलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको हो ।

यस्तै सशस्त्रले प्रशिक्षक, व्यवस्थापक तथा नेपाल एपीएफ क्लबलाई सहयोग पु¥याएका विभिन्न व्यक्तित्वलाई पनि सम्मानित गरेको छ । पदक विजेता खेलाडी तथा अफिसियलहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल र बंशीराज दाहालले पुरस्कारसहित सम्मानित गरे ।

गत असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको विभिन्न स्थानमा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लवले सामूहिक तथा व्यक्तिगत विधामा ६५ स्वर्ण, ७२ रजत र ८२ काँस्य गरी कुल २ सय १९ पदक सहित दोस्रो स्थान हासिल गरेको थियो ।

कुल ३६ खेल विधा समावेश गरिएको नवौंमा एपीएफ क्लबबाट ३१ खेल विधामा ५ सय ४९ जना खेलाडीहरुको सहभागिता रहेको थियो । व्यक्तिगत खेलतर्फ पदक विजेता खेलाडीलाई जनही तथा सामुहिक खेलतर्फ दुई वा दुई भन्दाबढी विधातर्फ सहभागी भई पदक विजेता टिमका टिम कप्तानलाई नगद पुरस्कारसहित सम्मानपत्र समेत प्रदान गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लवका खेलाडीहरुले खेलाडीहरुको ज्ञान, सिप र क्षमताको संगठनले उच्च उल्यांकन गरेको बताउँदै आगामी दिनमा समेत खेलाडीहरुले उच्च अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

यस्तै एपीएफ क्लबबाट सहभागी भई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट खेल प्रदर्शन गरेवापत सशस्त्र प्रहरी बल नेपालले गत माघ ९ गते सशस्त्र प्रहरी दिवसको अवसरमा पहिलो पटक १६ जना खेलाडीलाई एक तह बढुवा गर्दै दज्र्यानी चिन्ह प्रदान गरेको थियो ।

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

Success

Thank you for your time.