default_image

2 years ago

February 15, 2023

मञ्जुश्री अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस यसै महिना

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र स्वतन्त्र सामाजिक प्रतिष्ठान पोखराको संयुक्त आयोजनामा तेस्रो संस्करणको मञ्जुश्री अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस फागुन तेस्रो साता हुने भएको छ ।

आयोजकले बुधबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस फागुन २०, २१ र २२ गते हुने जानकारी गराएको छ । ६ विधा समावेश रहेको ट्रेल रेसले उपत्यकाका तीनै जिल्लाको विभिन्न भागलाई समेट्ने आयोजकले जनाएको छ ।

रेसमा १ सय माईलको महिला तथा पुरुष अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस, १०० किमिको महिला तथा पुरुष अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस, ५४ किमिको महिला तथा पुरुष अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस, २४ किमिको अन्तर्राष्ट्रिय ट्रेल रेस, १० किमिको अन्तर्राष्ट्रिय ट्रेल रेस र ५ किमिको अन्तर्राष्ट्रिय ट्रेल रेस विधा समावेश गरिएको छ ।

१ सय माईलको विजेताले १ लाख ५० हजारसहित ट्रफी, उपविजेताले ७५ हजार र तेस्रो हुनेले ३७ हजार ५ सय प्राप्त गर्दा चौथो र पाँचौंले क्रमशः २० हजार र १० हजार पाउनेछन् । १०० किमिको विजेताले ७५ हजार, उपविजेताले ३७ हजार ५ सय र तेस्रोले २० हजार, चौथोले १० हजार तथा पाँचौ हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

५४ किमिको विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रोले २० हजार, चौथोले १० हजार तथा पाँचौंले ५ हजार पाउनेछन् । २४ किमिको विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १५ हजार पाउनेछन् । १० किमिको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रोले ५ हजार पाउनेछन् ।

५ किमिको विजेताले १० हजार, उपविजेताले ६ हजार र तेस्रोले ३ हजार पाउनेछन् । अनलाईन प्रणालीमार्फत दर्ता गर्नुपर्ने ट्रेल रेसमा ४० देशका करिव ३५० जना धावकहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

ट्रेल रेस २४ जना रेस कोर्ष डिजाईनर, ५ जना रेस कोर्ष मार्कर, ३८ जना रेस टाईमिङ व्यक्ति तथा ३८ जना सर्भिस पर्सनको प्रत्यक्ष निगरानी एवं रेफ्री तथा अफिसियलको रोहबरमा हुनेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.