2 years ago
February 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – क्याम्ब्रिज पब्लिक हाई स्कुल र विजकिड्स स्कुल छैटौं म्याचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) इन्टर स्कुल गल्स भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
क्याम्ब्रिज पब्लिक हाई स्कुल पुरानो बानेश्वरमा बुधबार भएको सेमिफाइनलमा घरेलु टोली क्याम्ब्रिजले जगत मन्दिरलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । पहिलो सेटमा २५–२ को एकपक्षीय जित निकालेको क्याम्ब्रिजले दोस्रो सेटमा २५–१४ को जित निकाल्यो ।
यस्तै अर्काे सेमिफाइनलमा विजकिड्सले एलिक्सरलाई २५–५ र २५–१४ ले पराजित गर्दै उपाधि नजिक पुगेको छ । बुधबार नै क्वाटरफाइनलको खेल भएको थियो ।
क्वाटरफाइनलमा एलिक्सरले एडभान्स, विजकिड्सले ज्ञान निकेतन, क्याम्ब्रिजले लाइसियम र जगत मन्दिरले सम्भवीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । बिहीबार फाइनलसँगै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । फाइनलमा क्याम्ब्रिज र विजकिड्सले प्रतिस्पर्धा गर्दा एलिक्सर र जगत मन्दिरले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।
मंगलबारदेखि सुरु भएको प्रतियोगितामा प्याब्सन अन्तरगत माफ क्लस्टरका विभिन्न ११ स्कुलको सहभागिता रहँदा सहभागी टोलीलाई ४ समूहमा विभाजन गरि लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको छ ।
प्रतियोगिताको विजेताले १५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १० हजार तथा तेस्रो हुनेले ५ हजार रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी, स्पाइकर, सेटर, डिफेन्डर, सर्भर र ब्लकरले ट्रफी प्राप्त गर्नेछ ।
म्याचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा भइरहेको प्रतियोगिताको सुरुवातदेखि नै क्याम्ब्रिजले व्यवस्थापन गर्दै आइरहेको छ । माफले २०७२ देखि महिला भलिबल प्रतियोगिता गर्दै आइरहेको छ । पछिल्लो समय कोभिडको कारण आयोजना हुन सकेको थिएन ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।