default_image

2 years ago

February 14, 2023

टाइमलाइन प्रिक्वाटरफाइनलमा

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टाइमलाइन सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा मंगलबार भएको खेलमा टाइमलाइनले गेटवे एकेडेमीलाई १–० गोलले पराजित ग¥यो । हाइली क्रिएटिभ र गोल्डेन बड पनि आ–आफ्नो खेल जित्दै प्रिक्वाटरफाइनलमा पुगे ।

हाइलीले कौस्तुभलाई ३–१ गोलले हरायो । हाइलीका रिसुक स्थापित, सुजन सुवेदी र साजिन थापाले १–१ गोल गरे । गोल्डेन बडले बाल गीताञ्जलीलाई २–० गोलले पाखा लगायो । गोल्डेन बडका सुजल तामाङ र रोशन खड्काले १–१ गोल गरे ।

बुधबार माउन्ट सेबले विद्या विकास, साम्तेनले निर्मल ज्योति, कौतिल्यले र मोनास्टिक तथा डिफेन्डिङ च्याम्पियन नेक्सस इन्टरनेसनल एकेडेमीले र टाइमलाइन विरुद्ध प्रतिस्पर्धा गर्ने अर्किडका संयोजक नरेन्द्रप्रसाद पाण्डेयले जानकारी गराए ।

January 21, 2025

एन्फा यु १६ लिग – विभागीय डर्बीमा एपिएफ विजयी

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिग फुटबलको आज भएको विभागीय डर्बीमा एपिएफ क्लबले त्रिभुवन आर्मी फुटबल क्लब माथि सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मैदानमा मंगलवारको‌ दोस्रो खेलमा एपिएफले आर्मीलाई १३-० को फराकिलो अन्तरले पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टार विजयी भएको छ। थ्री स्टारले खुमलटारलाई ५-१ ले […]

January 19, 2025

सभापति कप फुटबल – चर्च ब्वाइज र संकटाबिच उद्घाटन खेल

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र संकटा क्लबबिच नेपाली कांग्रेस सभापति कप फुटबल प्रतियोगिताको उद्घाटन खेल हुने भएको छ। नेपाली कांग्रेस, लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति २०८१ को आयोजना हुने नेपाली कांग्रेस सभापति कपको आइतवार खेल तालिका सार्वजनिक गरेको छ उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा माघ १० […]

January 19, 2025

गाेर्खा कप पुरुष भलिबलमा १९ टोली

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता आयोजना हुने दोस्रो संस्करणको अजी फाइनान्स गाेर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ मा १९ टोलीको सहभागिता रहने भएको छ । दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा अर्काे साता (२६ जनवरी) मा हुने दोस्रो संस्करणको प्रतियोगितामा खुल्लातर्फ १४ र भेट्रान्स (३५ वर्षमाथि) ५ गरी १९ टोलीको सहभागिता […]

Success

Thank you for your time.