2 years ago
February 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिसका प्रिन्स दाहाल र आर्मीका रुकेश महर्जनले बिराटनगरमा जारी ‘लिनिङ १२औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगितामा दोहोरो सफलता हात पारेका छन् ।
राष्ट्रिय च्याम्पियन प्रिन्सले पहिलो खेलमा कास्कीका विधान अधिकारीलाई २१–१७ र २१–११ ले तथा अर्को खेलमा पुलिसकै पूर्ण बोहराबाट वाकओभर प्राप्त गर्दै दोहोरो सफलता पाएका हुन् ।
नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरीयतामा रहेका खेलाडीहरुको पुरुष एकलतर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लका रुकेश महर्जनल पनि दोहोरो सफलता प्राप्त गरेका छन् । महर्जनले पहिलो खेलमा कास्कीका भूगोल गुरुङबाट वाकओभर प्राप्त गर्दा दोस्रो खेलमा एपिएफका रोशन साउदलाई २१–११ र २१–१३ ले पराजित गरे ।
पुलिसका बिष्णु कटुवालले पनि दोहोरो सफलता हात पारे । एपिएफका रोशन साउदलाई २१–१३ र २१–१४ ले हराएको बिष्णुले कास्कीका भूगोल गुरुङबाट वाक ओभर पाए । यस्तै पहिलो खेलमा एपिएफका बिजीत थापा मगरलाई २१–१९ र २२–२० ले तथा पुलिसका दीपक बोहरालाई २१–९ र २३–२१ ले पराजित गर्दै एपिएफका देवराज रानाले पनि दोहोरो सफलता प्राप्त गरे ।
पुलिसका जीवन आचार्यले पहिलो खेलमा पुलिसकै पुर्ण बहादुर थापाबाट वाक ओभर प्राप्त गर्दा दोस्रो खेलमा कास्कीका विधान अधिकारीसँग १७–२१ र १७–२१ ले पराजित भए । एपिएफका क्षितिज खनालले पुलिसका दीपक बोहरालाई २१–१५ र २१–१२ ले तथा एपिएफका बिजीत थापा मगरलाई २१–१२ र २१–१० ले पराजित गर्दै दोहोरो सफलता पाए ।
पुलिसका सुनील जोशीले आर्मीका नरेन्द्र बमलाई २१–७, १४–२१ र २१–१४ ले र दोश्रो खेलमा आर्मीकै अनिल मल्ललाई २२–२० र २१–९ पराजित गरे । आर्मीका प्रफुल महर्जनले आफ्नै क्लबका अनिल मल्ललाई २१–६ र २१–१० ले तथा दोश्रो खेलमा आर्मीकै नरेन्द्र बमलाई २१–८ र २१–७ ले पराजित गर्दै दोहोरो जित निकाले ।
नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजना तथा मोरङ जिल्ला ब्याडमिन्टन संघको सहआयोजनामा भएको प्रतियोगिताको शीर्ष १२ वरीयतामा रहेको महिला एकलतर्फको खेलमा राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जनले कैलालीकी अनिला सुनारलाई २१–७ र २१–७ को सोझो सेटमा पराजित गरिन् ।
आर्मीकै अमिता गिरीले कन्चनपुरकी निलम महराबाट रिटायर्डहर्टको आधारमा जित पाईन् । एपिएफकी जेशिका गुरुङले मोरङकी सिमा राजवंशीबाट वाकओभर प्राप्त गरिन् । प्रतियोगिताको प्रदेश नं. १ का खानेपानी, सिंचाई तथा उर्जा मन्त्री माननिय तिलकुमार मेन्याङ्गबो लिम्बुले एक कार्यक्रमविच उद्घाटन गरेका थिए ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा शीर्ष १६ वरीयतामा रहेका पुरुष एकल, शीर्ष १२ वरीयतामा रहेका महिला एकल, शीर्ष १६ वरीयता बाहेकका पुरुष एकल, शीर्ष १२ वरीयता बाहेकका महिला एकल, पुरुष र महिला युगल, यु–१७ छात्र र छात्रा एकल, भेट्रान ४५ बर्ष माथी र ५५ बर्ष माथी गरि १० विधामा करिव २०६ खेलाडीहरुको सहभागिता रहेको छ ।
करिव २४ लाख ८४ हजारको लागत रहेको प्रतियोगिताको पुरस्कार राशी ५ लाख ९८ हजार रहेको छ । जस अन्तरगत शिर्ष १६ बरियता पुरुष र शिर्ष १२ बरियता महिला तर्फको खेल लिग कम नकआउटका आधारमा हुने छ । यस विधामा खेल्ने खेलाडीहरुले खेलमा सहभागिता जनाउने बित्तीकै नगद १ हजार ५ सय प्राप्त गर्नेछन् ।
यसैगरि लिग चरणमा प्रत्येक जित बापत थप १ हजार ५ सय प्राप्त गर्नेछन् । क्वाटरफाईनल जित्ने खेलाडीले थप ८ हजार प्राप्त गर्नेछन् । सेमिफाईनल जित्ने खेलाडीले थप १६ हजार जित्नेछन् भने फाईनल जित्ने खेलाडीले थप २० हजार र उपविजेताले थप ५ हजार प्राप्त गर्ने छन् ।
यस्तै उच्च बरियता बाहेकका महिला र पुरुष एकल, महिला र पुरुष युगल, भेट्रान ४५ बर्ष माथि र ५५ बर्ष माथिका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः नगद २० हजार, १० हजार र ५ हजार तथा यु–१७ छात्र तथा छात्रा एकल तर्फका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]