default_image

2 years ago

February 13, 2023

चाँदबाग खेलकुद महोत्सव बुधबारदेखि

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – द चाँदबाग स्कुलको आयोजनामा चाँदबाग खेलकुद महोत्सव बुधबारदेखि हुने भएको छ ।

महोत्सवमा मिनी बास्केटबल, यु–१२ फुटबल र आर्ट कम्पिटीसन हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा चाँदबागकी प्रिन्सिपल मिलन केसी लोप्चनले जानकारी गराइन् ।

बास्केटबलमा ब्वाइज-गल्र्समा समान ८–८ गरी १६ टिमको सहभागिता रहने चाँदबागका भाइस प्रिन्सिपल सोमराज पनेरुले जानकारी दिए । फुटबलमा २४ टिमले भाग लिने छन् ।

आर्ट कम्पिटीसनमा विभिन्न ३७ विद्यालयका करिब ३ सय ७० को सहभागिता रहने चाँदबागका इसीए को–ओर्डिनेटर दिनेश परियारले अवगत गराए । खेलहरु बाँसवारीस्थित आयोजकको हातामा खेलाइने छ । प्रतियोगिता फागुन ९ गतेसम्म चल्नेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.