2 years ago
February 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – माउन्ट सेब र भीमेश्वर एकेडेमीले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा जित हात पारेका छन् ।
सोमबार भएको खेलमा माउन्ट सेबले आयोजक अर्किड ‘बी’ लाई ३–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि जेम्स खड्काले २ तथा आरेहण श्रेष्ठले १ गोल गरे । अर्किड ‘बी’ का आशिष बस्नेतले १ गोल गरे । भीमेश्वरले नाम्सलाई १–० ले हरायो । कस्मिक ढुंगेलले निर्णायक गोल गरे ।
अन्य खेलमा साम्तेन र विद्या विकासले सफलता पाए । साम्तेनले गणेश हिमाललाई ३–२ गोलले पाखा लगायो । साम्तेनका अनुराग राईले २ तथा कुञ्जन शेर्पाले १ गोल गरे । गणेश हिमालका पेङनिमा शेर्पा र फिरोज पौडेलले १ गोल गरे । विद्या विकासले न्यु स्टार पोललाई १–० ले पन्छायो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]