default_image

2 years ago

February 13, 2023

एभेन्सलाई जिनियस फुटसल उपाधि

271 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभेन्सले दोश्रो जिनियस कप यु–१२ अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

लुभूस्थित आयोजक जिनियस आइवि वल्र्ड स्कुलमा सोमबार भएको फाइनलमा एभेन्सले प्रिमियर इन्टरनेसनल स्कुललाई ३–० गोलले पराजित गदृे उपाधि हात पारेको हो । विजयी टिमका लागि सक्षम खरेलले २ तथा विरल थापाले १ गोल गरे ।

प्रतियोगितामा प्रिमियरका अबिम रोका मगर उत्कृष्ट खेलाडी घोषित भए । एभेन्सका योयिल तामाङ उत्कृष्ट गोलरक्षक चुनिए । युरो स्कुल, छाउनीका सत्भिक प्रधान प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगिताभर ११ गोल गरे । युरो स्कुल, कोटेश्वरले अनुशासित टिमको उपाधि हात पा¥यो ।

विजेतालाई महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ, जिनियसका चेयरम्यान नवीनकुमार जोशी, जिनियसका कार्यकारी निर्देशक एवं प्रिन्सिपल राजेशकुमार जोशी, जिनियसका शिक्षा प्रमुख प्रदीप वज्राचार्य, प्रतियोगिता संयोजक राजेन्द्र कुँवरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

एकदिने प्रतियोगितामा ११ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । पहिलो संस्करणको उपाधि स्वस्तिश्रीले जितेको थियो ।

जिनियसका प्रिन्सिपल जोशीले उमेरसमूहकै प्रतियोगिताबाट भविष्यका प्रतिभावान खेलाडीको पहिचान गर्न सकिने भएको हुँदा यु–१२ उमेरसमूहको प्रतियोगिता आयोजना गरिएको बताए ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.