2 years ago
February 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भद्रकालीले दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेको छ ।
हात्तीगौडास्थित घरेलु कोर्टमा सोमबार भएको खेलमा भद्रकालीले टीआईएलाई २१–१८ ले पराजित ग¥यो । भद्रकालीका प्रनिक राईले ९ स्कोर गरे ।
सिनियर ब्वाइजमै नेपाल मोडलले स्कलर्स होमलाई २३–२२, भ्याली पब्लिकले एचएचसीएलाई ३९–२२ र नेसनल युनाइटेडले जुगललाई १२–१० ले हराए । नेपाल मोडलका सौरव चौधरीले ११, भ्याली पब्लिकका सुनिल पौडेलले १४ तथा नेसनल युनाइटेडका आयुश गुरुङ र सुयोग हमालले समान ४–४ अंक जोडे ।
सिनियर गल्र्समा भ्याली पब्लिकले दोहोरो जित हात पा¥यो । भ्याली पब्लिकले ग्रिनल्यान्डलाई २२–१६ तथा जुगललाई २२–१२ ले पाखा लगायो । जितमा ग्रिनल्यान्ड विरुद्ध अनिता गुरुङले ७ तथा जुगल विरुद्ध लोरिशा गौचनले ५ अंक योगदान गरे ।
जुनियर ब्वाइजमा गोल्डेनपिकले ग्रिनल्यान्डलाई १९–९ तथा भ्याली पब्लिकले हिमालयन किङडमलाई १२–८ ले पन्छाए । गोल्डेनपिकका पासाङ छिरिङले ६ तथा हिमालयनका किङडमका विशाल परियारले ८ अंक बटुले ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]