default_image

2 years ago

February 12, 2023

पारामाउन्ट र एन्जल्स हार्टको जित

172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पारामाउन्ट र एन्जल्स हार्टले दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार जित हात पारेका छन् ।

फाइल तस्विर

पारामाउन्टले ओडिसी इन्टरनेसनल एकेडमीलाई १६–१२ ले पराजित ग¥यो । पारामाउन्टको जितमा निरज प्याकुरेलले ३ अंक योगदान गरे । रुपेश पौडेलको ६ अंक सहयोमा एन्जल्स हार्टले आयोजक भद्रकालीलाई २७–१६ ले हरायो ।

सिनियर ब्वाइजमा सेब, एन्जल्स हार्ट, गोल्डेनपिक र ग्रिनल्यान्डले सफलता पाए । सेबले पञ्चायणलाई ३३–२८, एन्जल्स हार्टले जुगललाई २८–१०, गोल्डेनपिकले नेसनल युनाइटेडलाई ३५–१७ र ग्रिनल्यान्डले बागमतीलाई ४१–३० ले पाखा लगाए ।

सेबका विकास डंगोलले ११, एन्जल्स हार्टका हिमसागर पुनले १९, गोल्डेनपिकका दिनेश रापालले १९ र ग्रिनल्यान्डका प्रवीण गुरुङले १६ स्कोर गरे । सिनियर गल्र्समा ग्रिल्यान्डले जुगललाई १८–१० ले पन्छायो । ग्रिनल्यान्डका लागि प्रियंका मगरले ६ स्कोर गरिन् ।

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.