default_image

2 years ago

February 11, 2023

स्याङ्जालाई मणिमुकुन्द भलिबल उपाधि, सन्जु सर्वाेत्कृष्ट

250 views

0 Bookmark

बुटवल (हाम्रो खेलकुद) – जिल्ला भलिबल स्याङ्जाले आठौं संस्करणको मणिमुकुन्द रनिङकप अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

तिलोत्तमा–२ स्थित क्लबको खेल मैदानमा शनिबार भएको फाइनलमा जिल्ला भलिबल संघ नवलपुरलाई ३–१ को सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जित्न सफल भएको हो । स्याङ्जाले सुरुवाती सेट गुमाएपनि त्यसको तीनै सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको हो ।

स्याङ्जाले पहिलो सेट २५–२३ ले गुमाएको थियो । दोस्रो सेटमा २५–१३ को सहज जित हात पार्दै खेलमा फर्किएको स्याङ्जाले तेस्रो सेटमा पछि परेको स्थिति उल्ट्याएर २५–२३ को जित निकाल्यो । त्यसपछि चौथो सेटमा स्याङ्जा २५–१६ ले विजयी हुन सफल भयो । स्याङ्जा पाँचौपटक च्याम्पियन बन्न सफल भएको हो

उपाधिसँगै स्याङ्जाले मणिमुकुन्दारनिङ शिल्डसहित १ लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता नवलपुरले १ लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै गुल्मीलाई २४–२६, २५–१६, २५–१८ र २५–२१ ले पराजित गर्दै पर्वतले तेस्रो स्थान हासिल गरेको छ । तेस्रो भएको पर्वतले ५० हजार तथा चौथो भएको गुल्मीले ३० हजार रुपैयाँ हात पारेको छ ।

स्याङ्जालाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका ओपन स्पाइकर सन्जु विक्रम शाह प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले १० हजार रुपैयाँसँगै ट्रफी प्राप्त गरे । विधागततर्फ पनि च्याम्पियन स्याङ्जाले वर्चश्व जमाएको छ ।

माघ २४ गतेबाट शुरु भएको प्रतियोगितामा सहभागी ९ जिल्लालाई चार समूहमा विभाजन गरिएको थियो । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुगेका थिए ।

मणिमुकुन्द रनिङ कपको उत्कृष्ट

सर्वाेत्कृष्ट – सन्जु विक्रम शाह (स्याङ्जा)
स्पाइकर – अशोक श्रेष्ठ (नवलपुर)
सेटर – सुवास कुँवर (पर्वत)
ब्लकर – सन्तोष राना (नवलपुर)
सर्भर – विजय थापा (स्याङ्जा)
लिवेरो – राजन दर्लामी मगर (स्याङ्जा)
प्रशिक्षक – अमृत केसी (स्याङ्जा)
अनुशाषित खेलाडी – सुदिप राना (स्याङ्जा)

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.