2 years ago
February 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दर्ता चलानी फाँटबाट सम्पादन गरिने दर्ता सम्बन्धी कार्यलाई थप मर्यादित र व्यवस्थित बनाउने भएको छ ।
जसअन्तर्गत राखेपसंग सम्बन्धित सरकारी, अर्ध सरकारी एवं गैर सरकारी कार्यालय, राखेपमा आबद्ध संघ–संस्था, क्लब, डोजो आदिका खेलकुदसंग सम्बन्धित कार्यका लागि राखेपमा (कागजात-फर्म-निवेदन) आदि दर्ता गर्नु पूर्व सम्बन्धित विभाग वा शाखाबाट उक्त (कागजात-फर्म-निवेदन चेक-जाँच) गराइ तोक आदेश भए पश्चात मात्र दर्ता गर्ने र गराउने व्यवस्था गरिएको छ ।
राखेपमा आबद्ध नरहेका संघ–संस्था, क्लब एवं अन्य सरोकारवाला निकायहरुबाट उक्त कार्य गर्दा थप १० रुपैयाँको हुलाक टिकट अनिवार्य टाँस्नु पर्ने छ ।
त्यस्तै राखेपमा आबद्ध नरहेका संघ–संस्था, क्लब एवं अन्य निकायबाट सामूहिक वा व्यक्ति विशेषबाट राखेपका विभाग एवं शाखासंग सम्बन्धित विषयगत उजुरी वा अन्य खेलकुद गतिविधि सम्बन्धी उजुरी वा निवेदन दर्ता गर्नु पर्दा अनिवार्य १० रुपैयाँको हुलाक टिकट टाँसी विषयसंग परिषद्को सचिवालय प्रमुखबाट उक्त उजुरी वा निवेदन चेक-जाँच गराइ तोक आदेश भए पश्चात मात्र दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]