2 years ago
February 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेलिकमका राजेन्द्रसिं कार्की र राष्ट्रिय खेलकुद परिषद् (राखेप) की पार्वती राईले १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको सिंगल्स स्पर्धामा शनिबार स्वर्ण जितेका छन् ।
सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) द्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा राजेन्द्रले नेपाल विद्युत प्राधिकरणका श्यामसुन्दर महर्जनलाई २१–१८ र २१–१४ को सोझो सेटमा पराजित गरे । महिला सिंगल्समा पार्वती राईले टेलिकमकी श्रद्धा मानन्धरलाई सीधा सेटमा २१–१४ र २१–७ ले हराइन् ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष डबल्समा विद्युतका खगेन्द्र शाही र राजु महर्जन, महिला डबल्समा विद्युतका सविना तामाङ र अम्बिा सापकोटा पहिलाे भए ।
भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा विद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जन तथा एक्जिक्युटिभ पुरुष डबल्समा नेपाल टेलिकमका सुरेन्द्रसिं कार्की र राजेन्द्र श्रेष्ठको जोडीले स्वर्ण जिते । पेस्डान एक्सिक्युटिभ पुरुष डबल्समा तेजनाथ ढकाल र प्रशान्तबहादुर श्रेष्ठको जोडी पहिलो भए ।
प्रतियोगितामा विद्युत ३ स्वर्ण, २ रजत र ४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । २ स्वर्ण, ३ रजत र १ कांस्यसाथ टेलिकम दोश्रो भयो भने तेश्रो स्थानको नागरिक उड्डयन प्राधिकरणले १ स्वर्ण र १ कांस्य हात पा¥यो ।
विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतियोगितामा ब्याडमिन्टन र पुरुष फुटसलमा प्रतिस्पर्धा भएको पेस्डानका महासचिव रामविनय श्रेष्ठले जनाएका छन् । भृकुटिमण्डपमा भएको फुटसलको उपाधि नागरिक उड्डयन प्राधिकरण ‘ए’ जित्यो ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]