default_image

2 years ago

February 11, 2023

जिनियस कप यु–१२ फुटसल भोलि

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जिनियस आइबि वल्र्ड स्कुलको आयोजनामा दोश्रो जिनियस कप यु–१२ अन्तरविद्यालय फुटसल प्रतियोगिता आइतबार हुने भएको छ ।

प्रतियोगितामा काठमाडौं उपत्यकाका १२ विद्यालयबाट १२ छात्र टिमको सहभागिता रहने जिनियसका शिक्षा प्रमुख प्रदिप वज्राचार्यले पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

शिक्षा प्रमुख बज्राचार्यले खेलकुदको माध्यमबाट विद्यार्थीहरुको शिक्षाकासाथै अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराइ विद्यार्थीहरुको मनोबल उच्च बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको र आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

पहिलो संस्करणको उपाधि स्वस्तिश्रीले जितेको थियो । एकदिने प्रतियोगिताका खेलहरु ललितपुरको लुभुस्थित आयोजकको आफ्नै पूर्वाधार हुनेछ ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.