2 years ago
February 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सांग्रिलाले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा शनिबार दोहोरो जित हात पारेको छ ।
सांग्रिलाले लाइसियमलाई ४–२ गोलले पराजित ग¥यो । सांग्रिलाका गम्भीर तामाङले ह्याट्रिक गरे । लाइसियमका दिपेन थापा मगर र सन्जिल मगरले गोल फर्काए । अर्को खेलमा सांग्रिलाले दर्शनालाई ७–० को फराकिलो गोलअन्तरले हरायो ।
त्यस्तै मोनास्टिकले ग्लोबललाई २–०, सीसीएसले बेस्ट गु्रुप भिजनलाई १–० र डिफेन्डिङ च्याम्पियन नेक्सस इन्टरनेसनल एकेडेमीले विद्यावाण्ीलाई ७–० गोलले पाखा लगाए । आयोजक अर्किड स्कुल ‘बी’ ले गुहेश्वरीबाट वाकओभर पायो । प्रतियोगिताअन्तर्गत आइतबार ५ खेल हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]