2 years ago
February 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भारतका सेहजसिंह पवार र देबशिष साहुको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौं, नेपाल सर्किट– २ अन्तर्गत ब्वाइज डबल्समा शुक्रबार पहिलो भएका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा सेहज र देबशिषको जोडीले नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडीलाई ६–१ र ७–६(३) को सेटमा पराजित गरे ।
सोही स्पर्धाको गल्र्स फाइनलमा बेल्जियमकी क्यामिली फिसेट र रुसकी मिलिना शुब्खान्कुलोभाको जोडीले मंगोलियका दिदीबहिनी मार्ता र मराल्गु चोक्सोम्जाभको जोडीबाट वाक ओभर पाउदै पहिलो भए । दुवै डबल्समा उपविजेता बनेका जोडी सर्किट– १ का विजेता हुन् ।
ब्वाइज सिंगल्समा चीनका वेन्बो बाइले भारतका सेहजलाई ०–६, ६–२ र ६–३ तथा भारतका प्रत्यशले भारतकै सर्किट– १ का विजेता देबशिषलाई ७–५ र ६–० ले हराउदै फाइनल भेट पक्का गरे ।
गल्र्स सिंगल्समा चीनकी झाङ क्विन वेइले मंगोलियाकी सर्किट– १ विजेता मार्तालाई ६–० र ६–१ तथा मंगोलियाकी मराल्गुले बेल्जियमकी क्यामिलीलाई ६–२ र ६–४ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]