default_image

2 years ago

February 10, 2023

पार्वती र श्रद्धा फाइनलमा

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) की पार्वती राई र नेपाल टेलिकमकी श्रद्धा मानन्धर १३औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा फाइनलमा प्रवेश गरेका छन् ।

सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) को आयोजनामा भइरहेको प्रतियोगिताको शुक्रबार भएको सेमिफाइनलमा पार्वतीले नेपाल विद्युत प्राधिकरणकी अम्बिा सापकोटा तथा श्रद्धाले नागरिक लगानी कोषकी मौसमी राईलाई समान २–० को नतिजामा पराजित गरे ।

महिला डबल्समा कोषका मौसमी र कोमल रायमाझी तथा विद्युतका अम्बिा र सविना तामाङको जोडीले स्वर्ण भिडन्त पक्का गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी प्रतियोगिताको पुरुष सिंगल्समा कृषि विकास बैंकका टक्कर कुँवर, टेलिकमका सुरेन्द्रसिंह कार्की तथा विद्युतका भुपेन्द्र बिसी र श्याम महर्जन सेमिफाइनलमा पुगे ।

पुरुष डबल्समा मुक्तिनाथ विकास बैंकका थानेश्वर अर्याल र प्रेम थापा, टेलिकमका सुरेन्द्रसिंह कार्की र हरिकृष्ण शर्मा, विद्युतका राजु महर्जन र खगेन्द्र शाही तथा कृषिका राजकुमार निरौला र विनय पाण्डेको जोडीले सेमिफाइनलमा स्थान पक्का गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा विद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जन, विद्युतका शंकर क्षेत्री र चन्द्रदास कारन्जित, टेलिकमका सुजित मल्ल र सीताराम श्रेष्ठ तथा नेपाल एयरलाइन्सका श्याम भट्ट र जंगबहादुर चन्दको जोडीले सेमिफाइनल यात्रा तय गरे ।

पुरुष एक्जिक्युटिभ डबल्समा टेलिकमका सुजित मल्ल र सीताराम श्रेष्ठ, विद्युतका उमेश भण्डारी र रामु श्रेष्ठ, नागरिक लगानी कोषका रमन नेपाल र पुरुषोत्तम पौडेल तथा टेलिकमका सुरेन्द्रसिंह कार्की र राजेन्द्र श्रेष्ठको जोडी सेमिफाइनलमा पुग्न सफल भए । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

Success

Thank you for your time.