default_image

2 years ago

February 10, 2023

अर्किडको विजयी सुरुआत

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक अर्किड स्कुल ‘ए’ ले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

काँडाघारीस्थित घरेलु मैदानमा शुक्रबार भएको खेलमा अर्किड ‘ए’ ले गोठाटारलाई १–० गोलले पराजित ग¥यो । अन्य खेलमा भिमेश्वर एकेडेमी र गोल्डेन बडले जित निकाले ।

प्रतियोगिताको संघीय सांसद् रामहरि खतिवडाले एक कार्यक्रमबीच उद्घाटन गरे । नकआउट प्रतियोगितामा आयोजकको २ सहित ३८ टिम सहभागी छन् । गत संस्करणको उपाधि नेक्सस इन्टरनेसनल एकेडेमीले जितेको थियो ।

विजेताले ३० हजार, उपविजेताले २० हजार, तेश्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।प्रतियोगिताअन्तर्गत शनिबार ६ खेल हुनेछ । फाइनल फागुन ८ गते हुनेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.