default_image

2 years ago

February 10, 2023

राष्ट्रिय च्याम्पियन रशिलालाई हराउँदै जेशिका फाइनलमा

180 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जनलाई पराजित गर्दै एपिएफकी जेशिका गुरुङ इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय र्‍याङकिङ खुल्ला ब्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फ फाइनल प्रवेश गरेकी छिन् ।

जेशिकाले रशिलालाई १८–२१, २१–१६ र २१–१३ ले पराजित गर्दै उपाधीका लागि आर्मीकी अमिता गिरीसँग भेट पक्का गरेकी हुन् ।

गिरी र कस्तुरी कलेजकी सिमा राजवंशीबीचको खेलमा सिमा रिटायर्ड हर्ट भए पश्चात गिरीले फाइनल यात्रा तय गरेकी हुन् । पहिलो सेट ६–२१ ले पराजित भएकी सिमा दोश्रो सेटमा १८–१२ को अग्रता लिईरहेको अवस्थामा घुँडामा चोट बोक्न पुगि रिटायर्ड भएकी थिईन् ।

सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलतर्फ त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहाल फाइनलमा प्रवेश गरेका छन् । प्रफुलले पुलिसका बिष्णु कटुवाललाई २१–११ र २५–२३ ले पराजित गर्दै उपाधीका लागि पुलिसका प्रिन्स दाहालसँग भेट पक्का गरेका हुन् ।

विश्व वरियतामा जुनियरतर्फ पहिलो नम्बरमा रहिसकेका प्रिन्सले आर्मीका रुकेश महर्जनलाई २१–१४ र २१–९ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरे ।

पुरुष युगलतर्फ आर्मीका प्रफुल मजर्हन र रुकेश महर्जनको जोडीले उपाधीका लागि पुलिसका प्रिन्स दाहाल र बिष्णु कटुवालको जोडीसँगग प्रतिस्पर्धा गर्नेछन् ।

महर्जन जोडीले पुलिसका दीपक बोहरा र सुनिल जोशीको जोडीलाई २१–१४ र २१–८ ले पराजित गर्दै फाइनल प्रवेश गर्दा प्रिन्स र बिष्णुको जोडीले पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगरको जोडीलाई २१–१६ र २१–१८ ले पराजित गरे ।

महिला युगलतर्फ आर्मीका अमिता गिरी र रशिला महर्जनको जोडीले झापाकी अन्जना राई र धनकुटाकी अरुणा तामाङको जोडीलाई २१–१४ र २१–९ ले पराजित गर्दै फाइनलमा पुगे । एपिएफकी जेशिका गुरुङ र सुनयना मुखियाको जोडीले एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडीलाई २१–१९, १७–२१ र २६–२४ ले पराजित गरे ।

भेट्रान ४५ बर्ष माथि सागर फिडका भजनलाल चौधरी र श्याम लामाको जोडी र स्पोर्टस् हवका सन बहादुर साम्बा र लाक्पा शेर्पाको जोडी फाईनल प्रवेश गरेका छन् ।

भेट्रान ५५ बर्ष माथिको खेलमा सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङको जोडी र गुहाटीका बास्तव नियोग र धादिङका बिष्णु लाल श्रेष्ठको जोडी फाइनलमा पुगेका छन् ।

छात्र यु–११ तर्फ एपिएफका आरुष सिमखडा र भोजपुरका तयाबुङ राई तथा छात्रातर्फ भोजपुरका रितु तामाङ र कास्कीकी निभा राई फाइनलमा पुगेका छन् ।

यु १३ छात्रतर्फ एपिएफका आरुष सिमखडा र आर्मीका रिजन मगर तथा छात्रातर्फ आर्मीकी रिहाना शेरचन र टिशा रानी शाक्य उपाधी निकट पुगेका छन् ।

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

Success

Thank you for your time.