2 years ago
February 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्वी संघको आयोजनामा तेस्रो फिफ्टिन्स रग्वी लिग अर्को साता सुरु हुने भएको छ । रग्वी संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै लिग माघ २९ गते आइतबारदेखि फागुन ६ गतेसम्म हुने जानकारी गराएको छ ।
प्रतियोगितामा चार टोली हिमालयन टाइगर क्लब, आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लबले एकल राउन्डको आधारमा प्रतिस्पर्धा गर्नेछ । शीर्ष टोलीले उपाधि जित्नेछ । सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
हरेक दिन दुई खेल हुनेछ । पहिलो दिन आइतबार हिमालयन टाइगर रग्वी क्लब र गोर्खाली रग्वी क्लब तथा अर्काे खेलमा आकाश भैरव क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो दिन फागुन ३ गते बुधबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन टाइगर रग्वी क्लब तथा दोस्रो खेलमा आकाश भैरव क्लब र गोर्खाली रग्वी क्लबबीच खेल हुनेछ ।
त्यसपछि राउन्ड रोविन लिगको अन्तिम खेलमा फागुन ६ गते शनिबार हिमालयन टाइगर रग्वी क्लब र आकाश भैरव रग्वी क्लब तथा अन्तिम खेलमा त्रिभुवन आर्मी र गोर्खाली रग्वी क्लबबीच प्रतिस्पर्धा हुनेछ । विजयी हुने टोली तथा खेलाडीलाई ट्रफी, मेडल, सर्टिफिकेट र नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि नेपालबाट ५ र भारतको एक जना गरी ६ जना रेफ्री रहनेछन् ।
रग्वी सेभेन्समा सात प्रदेश र विभागको पनि टोली रहेपनि फिफ्टिन्समा टिम नरहेकाले उपलब्ध रहेका चार टोलीबीच नै प्रतिस्पर्धा गराउन लागेको संघका अध्यक्ष दीपक देवकोटाले जानकारी गराए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]